लघुकथा: प्राेत्साहन


       ✍️ मुरारीराज मिश्र

"पुस्तक छापिदिएर सहयोग गरेका छापाखाना प्रमुखलाई त धन्यवाद दिनै भुलेछु मैले ! कस्तो हुस्सु भएको म पनि !" श्यामले आफैसँग भन्यो ।

छापिएको आफ्नो पुस्तकहरु छापाखानाबाट  टैक्सीमा राखेर हिँड्नै लागेेकाे उ, चालकलाई एकैछिन कुर्न लगाएर कार्यालयतर्फ लाग्यो । 

आर्थिक अभावका कारण पुस्तक छाप्न नसकेको उसलाई, छापाखाना प्रमुखले बाेलाएर "नयाँ लेखकलाई प्राेत्साहन दिने आफ्नो नीति अनुसार छापाखानाकै खर्चमा तपाईंको पुस्तक छापिदिने भएका छाैं ।" भनेर अचम्ममा पारेको सुखद क्षण झल्झली सम्झँदै श्याम भित्र पस्याे । उ पस्दा काेठामा प्रमुख थिएनन् । उसले सहयोगीलाई साेध्याे । 

"उहाँ पाँच मिनेटमा आइहाल्छु भनेर कम्प्युटर कक्षमा जानुभएको छ, तपाईं  भित्र बस्दै गर्नुस् न ।" सहयोगीबाट जवाफ आयो ।

श्याम काेठाभित्र पस्यो । बस्दै गर्दा प्रमुखको टेबुल माथि, आफ्नो पुस्तककाे कवर र कागजपत्र भएको एउटा फाइल खुल्लै रहेको देख्यो । उत्सुकतावश पल्टाएर हेर्‍यो । फाइलमा पुस्तक छपाईकाे रसिद, रकम ट्रान्सफर भएको बैंक भाैचर र इमेल प्रीन्ट भएको पाना संलग्न थियोे ।

उसले इमेल हेर्‍यो - लेखिएको थियोे "लागेको रकम म पठाउँछु, यसबारेमा उहाँलाई थाहै नदिइ पुस्तक छाप्ने व्यवस्था मिलाइलिनु हाेला ।" साे इमेल श्यामकाे छाेराले पठाएको थियोे ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा संसारमा प्रेषित 


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …