लघुकथा : गुन ✔️
✍️ मुरारीराज मिश्र
दुई साथीका बिच कुराकानी चलिरहेको थियोे ।
"तिमीले त्यतिका सहयोग गरेका छाै तर त्यसबारे कतै भन्दैनाै ! अरूहरू भने आफूले गरेकाे सहयाेगलाई बढाइचढाइ गरेर प्रचार गर्छन् । के तिमीलाई अरूले आफ्नो प्रशंसा गरून् भन्ने लाग्दैन ?" एउटाले साेध्याे ।
"मैले आफ्नो कर्तव्य पूरा गरेको छु, जसबाट मलाई पूर्ण सन्तुष्टि मिलेको छ । अब घमण्ड र आत्मप्रशंसा चाहिँ किन गर्नुपर्याे र ?" अर्कोले जवाफ दियो ।
"सहयोगकाे बारेमा अरूले पनि थाहा पाउँदा राम्रै हुन्छ नि त । आजकलकाे जमानामा प्रचारप्रसार नै समाजमा चिनिने माध्यम हाे क्या साथी !" पहिलाेले आफ्नो कुरालाई अझै जाेड दिएर भन्यो ।
"हेर, यस कुरालाई तिमी यसरी बुझ । एउटा घरलाई छत, झ्यालढाेका र जग सबैले गुन लगाएका हुन्छन् । फरक यत्ति हाे कि, छत र झ्यालढाेकाले त्यो गुन देखाउँछन् तर जगले लुकाउँछ ।" अर्कोले गम्भीरतापूर्वक जवाफ फर्कायाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
सारथिमा २०८१-११-१२ मा प्रकाशित ।
Comments
Post a Comment