लघुकथा: दृष्टिकोण ✔️

               ✍️ मुरारीराज मिश्र

एकजना दृष्टिविहीन ब्यक्ति मन्दिरमा आएको देखेर, लाइनमा बसेकामध्ये एउटा केटाले भन्याे “भगवानलाई देख्न नसक्ने यस्ता मानिस मन्दिरमा आएर के गर्ने हाेला खै ?”

केटाकाे कुरा सुनेर सबै गललल हाँस्न थाले ।

याे घटनाले दृष्टिविहीन ब्यक्ति रिसाएनन् । उनले हाँस्दै गरेकाहरू तर्फ फर्केर मुस्कुराउँदै भने “मैले नदेख्दैमा के फरक पर्छ र ? मेराे भगवानले त मलाई देखिहाल्नुहुन्छ नि !”

(उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७)

सारथि मा प्रकाशित /२०८१-११-१०

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …