लघुकथा: पालाको पैंचाे
✍️ मुरारीराज मिश्र
"पल्लो घरका बुढा हिजोआज देखिन्नन् त ! बिरामी पाे परेछन् कि क्या हाे ?" कुमारले पत्नीसँग जिज्ञासा राख्यो ।
"के काे बिरामी हुनु नि ! छाेराबुहारीले बुढा बाबुलाई घरबाट निकालेछन् । अहिले बृद्धाश्रममा छन् रे उनी ।" पत्नीबाट जवाफ आयो ।
"कलि आजको भाेलि भन्थे, हाे रहेछ ।" पतिले खुइय्य गर्दै भन्याे ।
"मैले बुझिन । के भन्नुभएको तपाईंले ?" पत्नीले प्रश्नवाचक दृष्टिले हेरिन् ।
"हाम्राे रगत पसिना परेकाे याे घरबाट हामीलाई ननिकाल बाबु भन्दै करिब पच्चीस वर्ष अघि उसको आमाबाबु नराम्ररी राेएका थिए । त्याे कारुणीक दृश्य मेरा आँखाले अझैसम्म भुल्न सकेका छैनन् ।" कुमारले विगत सम्झियाे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
हिमाली बेलामा प्रेषित । २०८१-११-०९
Comments
Post a Comment