Posts

लघुकथा : मध्यरातमा बाघ

✍️ मुरारीराज मिश्र, `बहिनी आउने शुक्रबार सार्वजनिक बिदा परेको छ, यसाे एकरातकाे बसाइ गर्दै जाउँ न कतै घुम्न ! कति घरमै काेच्चिएर बस्ने, के छ बिचार ?´ रमाले छिमेकी उषासंग भनिन् । `हुन्छ नि दिदी, म प्रमिला र सुषमालाई पनि भनेर  हामी चारजनाकाे जाेडी कुनै रिसाेर्टतिर जाने कार्यक्रम मिलाउँछु ।´ उषाले उत्साहित हुँदै जवाफ फर्काइन् । तदनुरुप कार्यक्रम बन्याे । चारदम्पत्ती निर्धारित रिसोर्टमा पुगे । जङ्गल छेउ खाेलाकाे किनारमा रहेको रिसोर्ट रमणीय थियोे । खानपिन, नाचगान भयाे । गर्मिकाे समय भएकाले राति रिसोर्ट कम्पाउण्डमा रहेकाे सिङ्गल टेण्टमा एकएक जना सुत्ने ब्यवस्थापन भयाे । थाकेकाले सबै मस्त निदाए । मध्यरातमा आफ्नो टेण्टबाट केही परबाट आईरहेकाे आवाजले रमा ब्यूंझिईन् । जङ्गल नजिकै बसाइ, यदाकदा राति जनावर पनि आउने गर्छन् भन्ने सुनेकोले, उनकाे मनमा हल्का डर पस्याे । निन्द्राकाे लठ्याईले पुरै नछाेडेकाे र आवाज पनि लगातार सुनिन थालेपछि रमाले डराएर श्रीमान्‌लाई फाेन गर्दै भनिन् `नजिकै चितुवा हाे कि बाघकाे आवाज आएझैं छ । मलाई डर लाग्याे, सबै उठ्नु पर्‍यो हजुर !´  `कहाँको चितुवा र बाघ हुनु, त्याे ...

लघुकथा: तरकारीको स्वाद

Image
    लघुकथा:        तरकारीको स्वाद             ✍️ मुरारीराज मिश्र 'तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठाे हुन्छ ? मैले पकाएको बेलामा यस्ताे स्वादिलो कहिल्यै हुँदैन त !' खाना खाँदै गर्दा रमेश आफ्नी श्रीमती सुशीलालाई प्रायः यही प्रश्न गर्ने गर्थ्यो । 'तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले हाेला नि !' सुशीला हाँसेर जवाफ दिन्थिन् । 'उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी त !' रमेश छक्क पर्थ्याे । 'तरकारी पकाउँदा म अलिकति माया समेत मिसाउँछु क्या !' सुशीला पनि यसरी नै भन्थिन् । आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादकाे तारिफ गर्‍यो । बिहे गरेकाे छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले यसपटक भने रमेशलाई नढाँट्ने बिचारले भनिन् 'तपाईं साकाहारी, मलाई भने सानैदेखि माछामासु मनपर्ने । भान्सामा मासु पाकेको बेलामा, म मासुकाे अलिकति झाेल तपाईंको तरकारीमा पनि मिसाईदिन्थे त्यसैले फरक स्वाद लागेको हाे तपाईंलाई ।' भात खाँदै गरेको रमेशले एकछिन वाल्ल परेर श्रीमतीको मुखमा हेर्‍...

लघुकथा : ज्याेतिष

Image
  ✍️ मुरारीराज मिश्र, "यसाे छाेरा-छाेरीकाे चिना टिपन देखाउँ कि भनेर आएको, पसल सबै भद्रगोल छ त गुरु ! के भयाे ?" रमेशले माेटरसाईकल राेक्दै भन्यो । "के हुन्थ्यो हजुर, गरि खान नदिने भए ! नगरपालिकाबाट आएकाे डाेजरले टहराकाे सटर भत्काएर गयाे । सबै सामान हटाएर टहरा १ फिट पछाडि सार्नु भनेका छन् ।" पूजासामाग्रीकाे पसल चलाउँदै आएका ज्याेतिषकाे काम समेत गर्ने प्रकाशगुरुले भुत्भुताउँदै भने । "टहराले बाटो मिचेकाे जस्तो त देखिन्न ! किन भत्काएछन् त !" भन्ने रमेशकाे जिज्ञासामा गुरुकाे भनाइ आयाे "आफ्नै जग्गामा बनाएकाे हाे नि । बाटाेकाे मापदण्डअनुसार ३ फिट जग्गा छाेड्नुपर्नेमा २ फिटमात्र छाेडियाे रे ! सक्नेले खाेलाकाे बगर, बाटो र सार्वजनिक जग्गा मिचेर बिल्डिङ ठडाएका छन्, हामी निर्धाले भने आफ्नै जग्गा पनि भाेगचलन गर्ने नपाउने । याे कस्तो मत्स्य न्याय हाे खै, क्यै बुझिएन हजुर !"  प्रकाश गुरुकाे भनाइपछि, निजकी पत्नी निर्मला, जाे यतिबेलासम्म सामान मिलाउँदै चुपचाप दुबैकाे सम्वाद सुनिरहेकी थिइन्, उनले पतिको मुख हेर्दै भनिन् "सरकारले ठाउँ ठाउँमा घरटहरा भत्काउँदैछ । ...

मुक्तकहरु - ३

Image
#मुक्तक तिम्रा लागि नयाँ फेवा नयाँ रारा बनाई दिन्छु तिम्रा लागि बेग्लै आकाश जुन तारा बनाई दिन्छु एकपटक मात्रै भन, प्रेमले मलाई "मेराे राजा" ताजमहल, रानीमहल, सारा का सारा बनाई दिन्छु केही छिन फुर्सद निकालेर, सम्बन्धहरु गाेड्नु छ बगैंचाभरी उम्रेका, झारपातकाे वर्चस्व ताेड्नु छ जति ढिला गर्‍यो उति, नाश हुने देखियो मलजलकाे अबदेखि सुगन्धहीन, बिरुवा राेप्ने बानी छाेड्नु छ । आफ्नै मान्छे बेकारमा भड्किन सक्छ खाँदा खाँदै घाँटीमा हड्डी अड्किन सक्छ  दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै नभरेकाे बन्दुक पनि अचानक पड्किन सक्छ।  (वैजयन्तीमा प्रकाशित झर्काेफर्काे गरेपनि कर्के आँखा तरेपनि झन्‌झन् राम्रो लाग्दाे रैछ रिसाउँदै पर सरेपनि । पीरै पीरकाे रापले सुक्नु नपराेस् देख्छन् कि कसैले भनी लुक्नु नपराेस् खुशी खुशी बाँच्न पाईयाेस् स्वाभिमानी भै जिन्दगीमा कसै सामु झुक्नु नपराेस् ।  (वैजयन्तीमा प्रकाशित) सहन्छिन् जे परे पनि, धर्ती स्वरुप हुन् आमा माग्दिनन् कहिल्यै दिन्छिन् संधै वृक्ष स्वरुप हुन् आमा  शब्द नै पुग्दैन खै के उपमा दिउँ म आमालाई  चाहे मानिस हाेस् या पशु, देवी स्वरुप...

लघुकथा : माइतीकाे साँचो

Image
             ✍️ मुरारीराज मिश्र दराजमा सामान मिलाउँदै गर्दा सुजयाकाे आँखा एउटा साँचाेमा पर्‍यो । साँचाे हातमा लिँदै गर्दा उनकाे अगाडि आधा महिना अघिमात्र बित्नुभएकाे आमाका यादहरु झल्लली आउन थाले । "तिमीहरू दिनभरि घरमा हुन्नाै, काेही आएर बाेलाए पनि म कान त्यति नसुन्ने र हिंड्न नसक्ने भएकाले ढाेका खाेल्न सक्दिन । त्यसैले, मूलढाेका र भित्री रेलिङ गेटकाे एकएक वटा साँचो बनाएर सुजया दिदिलाई दे है बाबु ।" सुजयाकी आमाले आफ्नो छाेरा सुनिललाई यसरी अह्राएपछि भाइले साँचो बनाएर दिएकाे थियाे । जसले गर्दा चाहेको बेला आमालाई भेट्न सजिलो भएको थियाे । याे कुरा स्मृतिमा आउनासाथ उनको मनमा माइतीकाे ममता उर्लेर आयाे । साेचिन्, बाह्राैं दिनमा आमाको क्रियाकर्म सकेर फर्केकाे । माइतीकाे न्यास्राे लागेको छ । भाइबुहारीसंग भेटघाट भएपछि न्यास्राे पनि मेटिन्छ । आजसम्म भाइकाे क्रियाबिदा नै भएकोले गएर भाइलाई भेट्छु । ढाेकाकाे साँचाे पनि दिनु छ । माइतमा पुग्दा मूलढाेकामा ताल्चा लागेको थियो ।  उनले भाइलाई फाेन गरिन् । उसले आफू बाहिर गएकाे र फर्कन एकघण्टा जति लाग्ने बतायाे । "ठीकै छ ...

दर्शनीय धार्मिक स्थल: हलेसी महादेव

Image
✍️ मुरारीराज मिश्र विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय स्थानीय सामाजिक संस्था उमामहेश्वर महिला समूहले, खाेटाङस्थित हलेसी महादेवकाे मन्दिरमा  २०७९  बैशाख २६ गतेका दिन आफ्ना सदस्य परिवारहरुबाट सामुहिकरुपमा पूजाआजा, हवन र सवालाख दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको थियोे । कार्यक्रममा सहभागी हुन ईच्छुकहरुकाे नाम संकलन हुँदै रहेछ । समूहकाे सचिवकाे नाताले घरबाट श्रीमतीजीकाे त जाने तय भईसकेकाे थियोे । यसअघि एकपटक पुगिसकेको स्थान भएतापनि मेराे मनमा पुनः जाने लाेभ पलाएकाेले नाम लेखाएँ । यातायात, खाना र बसाइकाे व्यवस्थापन गर्ने जिम्मा हरिशरण तीर्थयात्रा समितिका प्राेपाइटर माेहनप्रसाद अधिकारीदाइले लिनु भएकाे रहेछ ।  सबै मिलेर पूजा, हवन र सवालाख दीप बाल्न आवश्यक सामाग्री जुटाएर, चालक र ब्यवस्थापन टीमका ६ जना, पुराेहित दुईजना सहित ५२ जना यात्रु गरि जम्मा ५८ जनालाई लिएर  २०७९  बैशाख २५ गते आइतबार बिहान २ वटा बस कुमारीगालबाट हलेसीतर्फ प्रस्थान गर्‍याे । बिहानीकाे समय बाताबरण हल्का चिसाे थियो । बाटोमा दुईदिने यात्राको लागि आवश्यक पर्ने खानेपानी किन्ने र चियापान गर्ने क...

लघुकथा: कन्जुस छिमेकी

   ✍️ मुरारीराज मिश्र रामेश्वर गाँउकै प्रतिष्ठित र सम्पन्न ब्यक्ति । वरिपरि समाजमा उनको बाेलि बिक्थ्याे । घरमा नाेकरचाकर, गाडी सबै भएका र हुनेखाने ब्यक्ति भएकाले हाेला उनकाे व्यवहारमा केही अहम्‌ता देखिन्थ्यो । उनी अरुलाई हेपेर बाेल्थे । छिमेकी दिवाकर, रामेश्वरलाई मन नपर्ने पात्रमध्येका एक थिए । दिवाकर आफ्नो घरकाे धारा, बत्ती, ढल लगायत स-साना मर्मतसंभार र घरायसी काम आफैं गर्थे । उनले काम गरेको देख्दा रामेश्वर भन्थे - "कति कन्जुस्याइँ गरेकाे हँ ? यसरी सबै काम तिमीले नै गरेपछि, बिचरा कामदारले के खान्छन् ! पैसा बचाएर के गर्ने, मरेपछि संगै लान मिल्दैन क्यारे !"  उनी दिवाकरकी तडकभडक मन नपराउने पत्नीलाई पनि पार्टी/जमघटमा भेट्दा "गहना किन नलगाएकाे, दिवाकरले किनिदिएनन् कि क्या हाे ?" भनेर खिसी गर्न पछि पर्दैनथे । तर, रामेश्वरले जतिसुकै हाेच्याएपनि जवाफ फर्काउनुकाे सट्टा दिवाकर दम्पती पटकै पिच्छे फिस्स हाँसेर टारिदिन्थे । एकदिनकाे कुरा हाे, देश दशैंकाे माहोलमा थियाे । नवमीकाे राति रामेश्वरलाई अकस्मात् हृदयाघात भयाे । परिवारले अस्पताल लगे । आपतकालीन अपरेसन गर्नुपर्ने देखिया...