Posts

Showing posts from January 4, 2026

गजल: शीतकाे थाेपा झैँ

              ✍️ मुरारीराज मिश्र शीतकाे  थाेपा  झैँ  ढलपल  देख्छु लजायाै कि क्या हाे अलमल देख्छु  ओठ टाेक्दै जब मुसुक्क हाँस्छेउ आफ्नै  मनभित्र  हलचल  देख्छु  रूपको बयान खै कसरी गरूँ पूर्णचन्द्र  झैँ  झलमल  देख्छु निस्कन्छाै जब तिमी बजारमा  सर्वत्र  तिम्रै   छलफल  देख्छु  चैन छैन याे मनमा हिजोआज जताततै  तिमी  हरपल  देख्छु चित्त काटिन्छ जब ती आँखामा  मोती  झैं  आँसु  टलपल  देख्छु ।                  *** गारखापत्रमा प्रेषित २०८२-०९-२१