Posts

Showing posts from October 18, 2026

कविता : नियतिको बजार

Image
उ भन्ने गर्थ्यो - भविष्यको सङ्केत गर्छ रे सपनाले ! हरेक पटक  सपनामा धनका पोका भेट्दा  उसलाई लाग्थ्यो - कतै साकार हुन्छ कि यो सपना ? सपनाले विपना नछोएपछि  उसले निष्कर्ष निकाल्यो -  “सपना त केवल देख्नलाई रहेछन् !” आज बिहानै मलाई भन्दैथ्यो - “हात भाँचिएको सपना देखें ।” दिउँसो भरेङबाट लड्दा  साँच्चिकै उसको हात भाँचिएछ ! अचम्म !  नियतिको बजारमा पनि  सुख नक्कली,  दुःख सक्कली हुने रहेछ !                       ✍️ मुरामि