कविता : नियतिको बजार

उ भन्ने गर्थ्यो -

भविष्यको सङ्केत गर्छ रे सपनाले !


हरेक पटक 

सपनामा धनका पोका भेट्दा 

उसलाई लाग्थ्यो -

कतै साकार हुन्छ कि यो सपना ?


सपनाले विपना नछोएपछि 

उसले निष्कर्ष निकाल्यो - 

“सपना त केवल देख्नलाई रहेछन् !”


आज बिहानै मलाई भन्दैथ्यो -

“हात भाँचिएको सपना देखें ।”

दिउँसो भरेङबाट लड्दा 

साँच्चिकै उसको हात भाँचिएछ !


अचम्म ! 

नियतिको बजारमा पनि 

सुख नक्कली, 

दुःख सक्कली हुने रहेछ !


                     ✍️ मुरामि



Comments

Popular posts from this blog

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश