गीत: भाे नबाेल अधरले ...
माैन भाखामा जे-जे, भन्दछन् ती नजरले बुझ्न थालेको छुु मैले, भाे नबाेल अधरले । जुधाएर आँखा-आँखा, धेरै कुरा भन्न मिल्छ समाएर हात-हात, सारा व्यथा भुल्न मिल्छ धेरै माया संगालेर, अमर नाता गाँसिदेऊ सारा संसार जित्न सक्छु, एकपल्ट हाँसिदेऊ नयाँ संसार बसाउनु छ, दुबैकाे रहरले भाे नबाेल अधरले, भाे नबाेल अधरले । तिमीलाई खुशी राख्न, सबैसँग लड्न सक्छु काँडैकाँडा भरिएको, बाटो माथि हिड्न सक्छु तिम्रो साथ पाएपछि, असम्भव नै के पाे छ र अंगालोमा तिमी भए, मर्न पनि हुन्न डर रमाओैं हामी आफैं, नदेखाेस् याे सहरले भाे नबाेल अधरले, भाे नबाेल अधरले ।। https://youtu.be/6znsvaqTq6M?si=IhJg8FYlMSKSUMiu