Posts

Showing posts from July 21, 2024

लघुकथा समय / संस्कार

Image
मेरा हजुरबुवा, आफू हिंडदै गरेको बाटो कुखुराले काट्यो भने पनि त्यो बाटो नहिंडी अर्कै बार्टीबाट घर आएर नुहाउने गर्नुहुन्थ्यो । बुबा, कुखुराले बाटो काट्दासम्म त केही भन्नु हुन्न थियो । तर कुखुराले छोयो भने चाहिं जनै फेरेर सुनपानी छर्कनु हुन्थ्यो । म पुरानो संस्कारमा हुर्किएको मान्छे । तर कुखुरालाई छुनुसम्म मलाई कुनै आपत्ति छैन । तापनि कुखुराको मासु भने म खान्न । मेरो छोरोलाई आधुनिकताको हावा लागेको छ । ऊ भन्छ - "बाउनहरूले कुखुरा काट्न पो हुँदैन, अरुले काटेको कुखुरा खान के फरक पर्छ र ?" समयसँगै संस्कार बदलिएको छ । औहले नातिहरू घरमै ल्याएर कुखुरा काट्ने गर्दछन् ।  मधुपर्क/२०५२ साउन/पेज नं.४६

लघुकथा: निरीक्षण भ्रमण

Image
✍️ मुरारीराज मिश्र  "म रमेश बाेलेकाे हजुर । यता भर्खरै ठूलाे भुकम्प आयाे । सयाैं घर भत्किएर निकै हताहती भएकाे छ ।" गाउँबाट मध्यरातमा जिल्ला स्तरीय कार्यकर्ताले नेतालाई माेवाइलमा दुखद खबर सुनाए । याे खबर सुनेपछि, राज्यको ठूलै पदमा रहेका ती नेताजी केही बेर साेचमग्न बने । मस्त निन्द्रामा रहेकी आफ्नी श्रीमतीलाई एकपटक हेरे । लगत्तै, मन्त्रालयका सचिवलाई फाेन गरेर "प्राकृतिक विपत्तिका कारण म तत्कालै निरीक्षण भ्रमणमा गाउँ जानु पर्ने भयाे । एकघण्टाभित्र हेलिकप्टरकाे ब्यवस्था गरेर खबर गर्नुस् है" भनेर अह्राए । यसपछि, सुतेकी श्रीमतीलाई घच्घच्याउँदै उनले भने "धेरै दिन देखि हेलिकप्टर चढाएर गाउँ घुमाउन लग्नुस् न" भन्दैथ्याै नि तिमी ! ल तुरुन्तै तैयार हाेऊ, मैले तिम्रो ईच्छा पुर्‍याउन हेलिकप्टर मगाएकाे छु ।" (उममहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७) sabdankur मा प्रकाशित 

मुक्तक ५

Image
#मुक्तक हिजोआज याे मन, बनेको छ जाति ज-जसले भनून् जे, दुख्दैन छाती  बिताएछु जीवन, डराइ डराइ सिकेँ बल्ल जिउन, आगाे समाति । हरेक मुटुमा मानवताको बलियो आधार चाहिन्छ  दुःखका बेला आँसु पुछ्‌ने आत्मीय संस्कार चाहिन्छ खरानी र धुवाँको मात्रै कथा लेख्छ आगो ओकल्नेले मन जित्न त मीठो बोली र मधुर व्यवहार चाहिन्छ । मुटु चिर्न चाहिन्न तरबार, काफी हुन्छ वचनकै प्रहार मुखौटा लगाएर हिँड्छन् मान्छे, कहाँ चिनिन्छ हेरेर अनुहार ? नयनरूपी   तीर    मुटुको    वारपार   भयाे  एकपटक   मात्र    होइन    बारम्बार   भयो  तिमी भेटियाै  अनि पाे त मैले जिउन सिकें त्यसैले नै आज याे जिन्दगी सानदार भयो । सहर   पसेपछि,    गाउँकाे  पाखा   बिर्सियाे जब  विदेश  पस्याे,   देशको नाका  बिर्सियाे कसैलाई    छाेडेन,    बिर्सने     राेगले   यहाँ  उसले मिति ताेक्दै, दिएको भाखा बिर्सियाे । थाेरै  आलोचना  पनि  खेप...