लघुकथा: पुस्तान्तरण
✍️ मुरारीराज मिश्र “मरें नि बाबा !” जङ्गलभित्र आवाज गुञ्जियो । चरिरहेका खरायोका बथान आवाज आएतिर दाैडिए । रक्ताम्य टाउको समातेर एउटा खरायो आँपकाे रुखकाे छेउमा लडिरहेको थियो । रुख नजिकैको चाैरमा बाँदरका झुन्ड पाकेका आँप स्वाद लिएर चुसिरहेका थिए । “कसरी टाउको फुट्याे हँ तेरो ?” बुढा खरायोले घाइतेलाई साेधे । “यता खेल्दै थिएँ, यी बाँदरले आँप झार्न हानेका ढुंगाको झटाराेले लागेर फुट्याे ।” घाइतेले जवाफ दियाे । “तिमीहरूका कारण यसको टाउको फुटेछ, त्यसैले, ओैषधी उपचार गराउने र क्षतिपूर्ति तिर्नु तिमीहरूकाे कर्तव्य हाे !” बुढा खरायोले बाँदरहरूतर्फ हेर्दै भने । देख्दैमा रिसाहा झैं लाग्ने एक ढेडु बाँदर जङ्गियाे “किन गर्ने हामीले ? यसलाई ढुंगा ताकेर हानेका हाैं र ?” ढेडुकाे जवाफमा सहमति जनाउँदै सबै बाँदरहरू गलल्ल हाँसे । “हेर बाबु, आखिर याे घटना तिमीहरूको कारणले नै भएको हाे । जिम्मेवारी त लिनैपर्छ नि !” बुढा खरायोले सम्झाउँदै भने । “हाम्राे उद्देश्य आँप झार्नु थियो, झारियाे । अरू कताकता के-के भयाे, कसले कसलाई के-के गरे हामीलाई त्यसको के मतलव ?” ढेडुले आँपका...