Posts

Showing posts from September 27, 2026

यात्रा-संस्मरण : वैष्णोदेवीको सेरोफेरोमा दशैंको टीका

Image
२०७५ सालको दशैं । असोज २९ गते, दुर्गापक्षको षष्ठीको दिन । बिहान सात बजेको काठमाडौं अझै हल्का चिसो हावामा लपेटिएको थियो । भोलिपल्टको फूलपातीको तयारी र नवरात्रिको अवसरमा शक्तिपीठहरूको दर्शन गर्न निस्केका मानिसहरूका कारण सडकमा दशैंको चहलपहल बढ्दै थियो । त्यही चहलपहललाई पछाडि पार्दै माता वैष्णोदेवीको दर्शनका लागि निस्केको हाम्रो नौजनाको टोली बोकेको ल्याण्डक्रुजरले काठमाडौं छाड्यो । बिहानै पूर्वनिर्धारित यात्रामा निस्कँदा मनमा उत्साह थियो । तर उत्साहसँगै एउटा प्रश्न पनि मनमा उठिरहेको थियो- “तीर्थयात्रा आखिर के हो ? देवताको दर्शन गरेर फर्किनु मात्र कि आफूभित्रको कुनै अँध्यारो हटाएर फर्किनु पनि ?” प्रश्नको उत्तर त्यतिबेला मसँग थिएन । शायद यात्रा आफैँले त्यसको उत्तर दिनेछ भन्ने लाग्यो । नौबिसेमा रोकिएर चिया र त्यसपछि आँपटाडी पुगेर घरबाटै बोकेको खाना खायौँ । बाटोमा पहाडका घुम्तीहरू पछाडि पर्दै गए । भूगोल बदलिँदै गयो, दृश्य बदलिँदै गए । साँझ सुनौली पुग्दा नेपाल पछाडि छुटिसकेको थियो । रात त्यहीँ बितायौँ । भोलिपल्ट भारतीय जिपमा गोरखपुर पुग्यौँ । काठमाडौंमै तीन महिनाअघि रेलको बुकिङ गरिसकेकाले टिकट...