Posts

उधारो वसन्त

Image
१०१ थान लघुकथा सङ्ग्रहीत उधारो वसन्त लघुकथासङ्ग्रहकाे मिति २०८३-०६-२८ गते गृह-विमाेचन सम्पन्न । उधारो वसन्त लघुकथासङ्ग्रहको  बारेमा थप जानकारी : उधारो वसन्त (लघुकथासङ्ग्रह) लघुकथाकार : मुरारीराज मिश्र संस्करण – २०८३ असोज, पहिलो © : लेखकमा ले–आउट : विकुश ISBN : M– 978-9937-777-85-8 मुद्रक : कन्चन प्रिन्टिङ प्रेस, बागबजार, काठमाडौँ प्रकाशक : शब्दार्थ प्रकाशन चाबेल, काठमाडौं  फोन ः ४४९७३५१÷९८४१४९६१०३ mail : shabdarthaprakashan@gmail.com web : shabdarthaprakashan.com   nepalipublisher.com   Book ; UDHARO BASANTA,  A Collection Of Short Stories by Murari Raj Mishra. ------------------------------------ शुभकामना :               - दिव्य गिरी वर्तमान नेपाली साहित्यमा विशेषतः मुक्तक, गजल, हाइकु, ताङ्कालगायत लघुकविता तथा लघुकथाको लेखन र पुस्तक प्रकाशनले उल्लेखनीय गति लिएको छ । प्रारम्भिक चरणमा अपेक्षित विकास गर्न नसकेको नेपाली लघुकथाले वि.सं.२०५० को दशकपछि युवा तथा स्थापित साहित्यकारहरुको सक्रियता, ...

स्वर्णमन्दिरमा देखेको आस्था र सेवाको संसार

Image
यात्रा-संस्मरण : २०७५ साल कार्तिक १ गते महानवमीका दिन वैष्णोदेवी माताको चिरप्रतीक्षित दर्शन सम्पन्न गरेपछि मनमा एउटा अनौठो शान्ति थियो । लामो उकालो, भीड, प्रतीक्षा र अनेक कठिनाइ पार गरेर पवित्र गुफाभित्र माताको दर्शन गर्दा थकानभन्दा आस्था बलियो हुँदोरहेछ भन्ने अनुभूति भएको थियो । भोलिपल्ट बिहान हामी कटरा फर्कियौँ । शरीर थाकेको थियो, तर मन भने अझै यात्राका नयाँ दृश्य र नयाँ अनुभवतर्फ उत्सुक थियो । कटरा बजारको भीडभाड पार गर्दै हामी सामान राखेको लकर रुम भएको गेस्टहाउसमा पुग्यौँ । नुहाइधुवाइ गरेर खाना खाएपछि सम्झना आयो- आज त विजयादशमी पो त ! घरदेखि टाढा भए पनि दशैँ त आखिर दशैँ नै हो । हामीले एकअर्काको निधारमा रातो टीका लगाउँदै शुभकामना साटासाट गर्‍यौं । केही क्षणकाे लागि सबैलाई आफ्नै घरआँगनमा दशैँ मनाइरहेका छौँ जस्तो भान भयो । हाम्रो यात्रा सकिएको थिएन ! अझै केही गन्तव्यले हामीलाई पर्खिरहेका थिए । अबकाे हाम्रो गन्तव्य थियो- पञ्जाबको अमृतसरस्थित विश्वप्रसिद्ध स्वर्णमन्दिर । होटलमा रात बिताएर अर्को दिन अमृतसर जाने कि राति नै यात्रा गर्ने ? हामीबीच छलफल चल्यो । समय हाम्रा लागि अमूल्य थियो । त...

यात्रा-संस्मरण : वैष्णोदेवीको सेरोफेरोमा दशैंको टीका

Image
२०७५ सालको दशैं । असोज २९ गते, दुर्गापक्षको षष्ठीको दिन । बिहान सात बजेको काठमाडौं अझै हल्का चिसो हावामा लपेटिएको थियो । भोलिपल्टको फूलपातीको तयारी र नवरात्रिको अवसरमा शक्तिपीठहरूको दर्शन गर्न निस्केका मानिसहरूका कारण सडकमा दशैंको चहलपहल बढ्दै थियो । त्यही चहलपहललाई पछाडि पार्दै माता वैष्णोदेवीको दर्शनका लागि निस्केको हाम्रो नौजनाको टोली बोकेको ल्याण्डक्रुजरले काठमाडौं छाड्यो । बिहानै पूर्वनिर्धारित यात्रामा निस्कँदा मनमा उत्साह थियो । तर उत्साहसँगै एउटा प्रश्न पनि मनमा उठिरहेको थियो- “तीर्थयात्रा आखिर के हो ? देवताको दर्शन गरेर फर्किनु मात्र कि आफूभित्रको कुनै अँध्यारो हटाएर फर्किनु पनि ?” प्रश्नको उत्तर त्यतिबेला मसँग थिएन । शायद यात्रा आफैँले त्यसको उत्तर दिनेछ भन्ने लाग्यो । नौबिसेमा रोकिएर चिया खायौँ । त्यसपछि आँपटाडी पुगेर घरबाटै बोकेको खाना खायौँ । बाटोमा पहाडका घुम्तीहरू पछाडि पर्दै गए । भूगोल बदलिँदै गयो, दृश्य बदलिँदै गए । साँझ सुनौली पुग्दा नेपाल पछाडि छुटिसकेको थियो । रात त्यहीँ बितायौँ । भोलिपल्ट भारतीय जिपमा गोरखपुर पुग्यौँ । भारतीय रेलवेकाे टिकट हामीले काठमाडौंकाे ओरियण्...