Posts

Showing posts from April 19, 2026

इर्ष्याको ऐनामा समाजको अनुहार

Image
बिचार :                   ✍️ मुरारीराज मिश्र कहिलेकाहीँ मलाई लाग्छ, ऐना अनुहार देखाउने वस्तु मात्र होइन रहेछ; यसले हाम्रो मनको अनुहार पनि देखाउँदो रहेछ । अरूको सफलतामा हाम्रो अनुहारमा मुस्कान आउँछ कि खुम्चिन्छ- सायद त्यही क्षण हाम्रो मनको एउटा गोप्य सत्य बाहिरिन्छ । हामीले बारम्बार सुन्दै आएका छौँ- “मानिस स्वभावतः इर्ष्यालु हुन्छ।” यो कथन पूर्णतः सर्वमान्य सत्य नहुन सक्छ, तर समाजका दैनिक व्यवहार, बोली र दृष्टिकोणले यसमा केही न केही यथार्थता भने अवश्य झल्काउँछन् ।  वास्तवमा, इर्ष्या मानव मनको गहिरो भावनात्मक अवस्था हो, जसको जरा प्रायः हीनभावना, असुरक्षा र निरन्तर तुलनामा गाडिएको हुन्छ । समयसँगै यही भावना व्यक्तिगत पीडा मात्र होइन, सामाजिक विग्रहको कारण पनि बन्न पुग्छ । दार्शनिक र चिन्तकहरूले इर्ष्यालाई विभिन्न कोणबाट व्याख्या गरेका छन् । एरिस्टाेलका अनुसार, इर्ष्या अरूले पाएको सुख-समृद्धि देखेर उत्पन्न हुने पीडा हो । फ्रान्सिस वेकनले यसलाई सबैभन्दा लुकेको र खतरनाक भावनाका रूपमा चित्रित गर्दै भनेका छन्- यो अरूलाई भन्दा पहिले आफैंलाई जलाउने...