Posts

Showing posts from February 1, 2026

लघुकथा : कुर्सी

✍️ मुरारीराज मिश्र कार्यालयको बैठक कक्षमा राखिएका कुर्सीहरू मिलाउने क्रममा एउटा कुर्सी टेढो देखियो ।  सहयोगी कर्मचारीले नजिकैको साथीसंग भने “यो कुर्सीलाई सिधा बनाउनु पर्छ, नत्र बस्ने मान्छे ढल्छ।” “ढल्ने त कुर्सी पाे हो नि, मान्छे होइन क्यारे !” साथीले हाँस्दै जवाफ दिए । केही बेरमा बैठक सुरु भयो । टेढो कुर्सीमा रमेश अलिक बाङ्गिएर बसेकाे देखिन्थ्यो । एक सहकर्मीले उसलाई व्यङ्ग्य गर्दै भने “रमेशजी, कुर्सीले त तपाईंलाई पनि धनुषटङ्कार गराएछ !” बैठक कक्षमा हाँसो गुन्जियो ।  रमेशले पनि हल्का मुस्कुराउँदै जवाफ फर्कायाे “कुर्सी बाङ्गो परेकाेमा कुनै दुख छैन मित्र ! कुर्सी चाहे जस्तोसुकै हाेस्, त्यसमा बस्नेको आचरण सिधा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।” २०८२-१०-२०