लघुकथा : कुर्सी
✍️ मुरारीराज मिश्र
कार्यालयको बैठक कक्षमा राखिएका कुर्सीहरू मिलाउने क्रममा एउटा कुर्सी टेढो देखियो ।
सहयोगी कर्मचारीले नजिकैको साथीसंग भने “यो कुर्सीलाई सिधा बनाउनु पर्छ, नत्र बस्ने मान्छे ढल्छ।”
“ढल्ने त कुर्सी पाे हो नि, मान्छे होइन क्यारे !” साथीले हाँस्दै जवाफ दिए ।
केही बेरमा बैठक सुरु भयो । टेढो कुर्सीमा रमेश अलिक बाङ्गिएर बसेकाे देखिन्थ्यो । एक सहकर्मीले उसलाई व्यङ्ग्य गर्दै भने “रमेशजी, कुर्सीले त तपाईंलाई पनि धनुषटङ्कार गराएछ !”
बैठक कक्षमा हाँसो गुन्जियो ।
रमेशले पनि हल्का मुस्कुराउँदै जवाफ फर्कायाे “कुर्सी बाङ्गो परेकाेमा कुनै दुख छैन मित्र ! कुर्सी चाहे जस्तोसुकै हाेस्, त्यसमा बस्नेको आचरण सिधा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।”
रचना: २०८२-१०-२०
इ खबरनेट मा प्रेषित ।
Comments
Post a Comment