लघुकथा : कुर्सी

✍️ मुरारीराज मिश्र

कार्यालयको बैठक कक्षमा राखिएका कुर्सीहरू मिलाउने क्रममा एउटा कुर्सी टेढो देखियो । 

सहयोगी कर्मचारीले नजिकैको साथीसंग भने “यो कुर्सीलाई सिधा बनाउनु पर्छ, नत्र बस्ने मान्छे ढल्छ।”

“ढल्ने त कुर्सी पाे हो नि, मान्छे होइन क्यारे !” साथीले हाँस्दै जवाफ दिए ।

केही बेरमा बैठक सुरु भयो । टेढो कुर्सीमा रमेश अलिक बाङ्गिएर बसेकाे देखिन्थ्यो । एक सहकर्मीले उसलाई व्यङ्ग्य गर्दै भने “रमेशजी, कुर्सीले त तपाईंलाई पनि धनुषटङ्कार गराएछ !”

बैठक कक्षमा हाँसो गुन्जियो । 

रमेशले पनि हल्का मुस्कुराउँदै जवाफ फर्कायाे “कुर्सी बाङ्गो परेकाेमा कुनै दुख छैन मित्र ! कुर्सी चाहे जस्तोसुकै हाेस्, त्यसमा बस्नेको आचरण सिधा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।”

रचना: २०८२-१०-२०
इ खबरनेट मा प्रेषित ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"