भजन/श्लोक (भावानुवाद)

१. #मूल_श्लाेक
''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे,
तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।''

#नेपाली_भावानुवाद
रुप छ सत्य-अानन्द, पालनहार हाै विश्वका ।
उत्पत्ति, स्थिति र संहार, गर्दछाै तिमी सृष्टिका ।।
भक्तका तिनवटै ताप, हर्ने, तिम्रै पर्‍याैं भर।
सच्चिदानन्द श्रीकृष्ण नमन् हाम्रो ग्रहण गर ।।
(भावानुवाद: मुरारीराज मिश्र)


२. #मूल_श्लोक
करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तम्।
वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि।।

#नेपाली_भावानुवाद
समाई गाेडा, मुखमा पुर्‍याई ।
चुसिरहेछन् , बहुतै रमाई ।।
वट्-पत्रकाे बिच, शयन छ जस्काे ।
गर्छु स्मरण, बालमुकुन्दजीकाे ।।
(भावानुवाद: मुरारीराज मिश्र)

३. #मूल_संस्कृत_श्लोक
कर्पूर गौरम करुणावतारं, संसारसारं भुजगेन्द्र  हारम ।
सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।।

#नेपाली_भावानुवाद
कपूरजस्तै, छ स्वरुप सेताे ।
दयावतार् हुन् , यी समस्त भक्तको ।।
संसारको सार, अाधार नै उनी ।
भिर्छन् गलामा, उनी नागहार् पनि ।।

चिता-खरानी घसी, शाेभित अङ्ग अङ्ग ।
हुन्छन् यी भक्तहरुमा हर-क्षण प्रसन्न ।।
यस्ता प्रभु तिमी सदा, बसिदेऊ मनैमा ।
गर्छु नमन् म संधै, शिव-पार्वतीमा ।।
(भावानुवाद: मुरारीराज मिश्र)


४. "कायेन बाचा..." #मूल श्लोक
त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितम्।
गृहाण सम्मुखो भूत्वा प्रसीद परमेश्वर ।।
आवाहनं न जानामि न जानामि विसर्जनम्।
पूजां चैव न जानामि क्षम्यतां परमेश्वर ।

मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर ।
जपहाेमञ्च नेहितं क्षम्यतां परमेश्वर।।
चदक्षरपद भ्रष्ट मात्राहीनं च यद्भवेत् ।
तत्सर्व क्षम्यतां देव ! प्रसीद परमेश्वर।।

कायेन वाचा मनसेन्द्रियर्वा
बुद्ध्यात्मना वा प्रकृति: स्वभावात् ।।
करोमि यद्यत्सकलं परस्मै ।
नारायणयेति समर्पयामि ॥
#नेपाली भावानुवाद्
तिम्रै हाे बस्तु गाेविन्द
तिमीमै छ समर्पित
प्रेमले सब स्वीकारी
खुसी हाेऊ् परमेश्वर ।।

निम्ता गर्न म जान्दिन
जान्दछु न बिदाई नै,
पूजा गर्न म जान्दिन
क्षमा देऊ् परमेश्वर ।।

बिधि, मन्त्र म जान्दिन
भक्ति जान्दिन ईश्वर
जपादि पनि जान्दिन
क्षमा देऊ् परमेश्वर ।।

कुनै अक्षर, पद, मात्रा,
बाेलें हाेला गलत पनि,
ती सबै नै गरि माफ
खुशी हाेऊ् परमेश्वर ।।

शरीर, बाेली अनि इन्द्रियादिले,
साेचाई, बुद्धि अनि स्व-स्वभावले ।
गरें गराएं जति ती सुकर्म,
गर्छु समर्पण बनिदेऊ प्रसन्न ।।
(भावानुवाद: मुरारीराज मिश्र)

५.  श्रीभगवद्गीता_माहात्म्य (मूल संस्कृत रुप)
"सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दन:।
पार्थो वत्स: सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्।।"

#नेपाली_भावानुवाद
सबै उपनिषद् गाई,
दुहुन्छन् कृष्ण अाफूले ।
बाच्छाे झैं दुध् पगाल्दिन्छन्,
उहीँ अर्जुन, पार्थले ।।

दुहिएकाे उही दूध,
गीता अमृतरुप हाे ।।
पढ्छ जस्ले पियाे अमृत्,
ज्ञानी भाे, अमरै भयाे ।।
(भावानुवाद: मुरारीराज मिश्र)


६. कृष्ण_स्तुति (मूल संस्कृत रुप)
"कृष्णाय वासुदेवाय हरये परमात्मने ।
प्रणत क्लेश नाशाय गोविन्दाय नमो नमः ।।"

#नेपाली_भावानुवाद
हे कृष्ण वसुदेव् नन्दन्,
परमात्मा वन्दना गरें ।
नाश गर्देऊ सबै कष्ट,
हे गाेविन्द नमन गरें ।।
(भावानुवाद: मुरारीराज मिश्र)


७. #मूल_श्लोक
शान्ताकारं भुजग-शयनं पद्मनाभं सुरेशं,
विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गम् ।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्,
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥

#नेपाली_भावानुवाद
अत्यन्तै शान्त अाकार, शयन छ शेषनागमा,
देवताका पनि ईश्वर, कमलकाे फूल नाभिमा ।
विश्वाधार् , सृष्टिका कर्ता, अाकाश झैँ ब्याप्त छन् उनी,
नीलाे-मेघ सरि वर्ण, मन्माेहक रुपका धनी ।।

लक्ष्मीका स्वामी अादित्य, नेत्र छ पद्म-पुष्प झैँ,
जस्काे दर्शनका खातिर, ध्यान गर्छन् याेगिजन संधै ।
सांसारिक् भय नाश गर्ने, त्रिलाेकीनाथ बिष्णुमा,
नमन गर्छु, शरण लेऊ, कृपा राख संधै म मा ।।
(भावानुवाद: मुरारीराज मिश्र)


८. #मूलश्लाेक
सशंख चक्रं सकिरीट कुंडलं
सपीत वस्त्रं सरसी रुहेक्षणम्
सहार वक्षःस्थल शोभि कौस्तुभवं
नमामि विष्णुं शिरसा चतुर्भुजं

#नेपाली_भावानुवाद
छन् शंख चक्र, प्रभुका ती हातमा
सुन्दर किरीट कुण्डल, छन् ती कानमा
शरीर ढाक्छन् , उनी पीत बस्त्रले
शाेभित छ छाती, ती अनेक हारले

छन् बक्ष बिचमा, मणिहार काैस्तुभ
साह्रै मनाेहर् , छ स्वरुप् चतुर्भुज
रक्षा समस्त जीवकाे, गर बिश्वदेव
हे बिष्णु गर्दछु नमन, तिमीमा सदैव
(भावानुवाद: मुरारीराज मिश्र)


९. #कृष्णस्तुति
वंशीविभूषितकरान्नवनीरदाभात् ।
पीताम्बरादरुणबिम्बफलाधरोष्ठात् ।।
पूर्णेन्दुसुन्दरमुखादरविन्दनेत्रात् ।
कृष्णात्परं किमपि तत्त्वमहं न जाने ।।

#नेपाली_भावानुवाद्
बाँसुरी हातमा शाेभित् , नीलाे वर्ण छ मेघ झैं ।
पहेँला वस्त्र छन् तनमा, अधर छन् प्रात: सूर्य झैँ ।।
मुखमण्डल् शशी झैं सुन्दर, कमल झैँ नेत्रका धनी ।
यस्ता कृष्ण प्रभु बाहेक, तत्व जान्दिन क्यै पनि ।।
(भावानुवाद्: मुरारीराज मिश्र)

१०. गणेश_बन्दना
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥

#नेपाली_भावानुवाद
बाङ्गाे छ सूंड प्रभुकाे, छ शरीर ठूलाे,
छन् काेटी सूर्य सरि दिब्य, मुहार तेजिलो ।
मेरा हरेक अवरोध, गरि नाश देव,
निर्विघ्न पूर्ण गर, कार्य सबै सदैव ।।
(भावानुवाद: मुरारीराज मिश्र)

११. श्री गणेश वन्दना
"गजाननं भूतगणादि सेवितं,
कपित्थ जम्बूफलसार भक्षितम् ॥
उमासुतं शोक विनाशकारणं,
नमामि विघ्नेश्वर पादपङ्कजम् ॥"

#नेपाली भावानुवाद
शिर छ हात्तीको जस्तो, भुतगणहरु सेवक
कप्पिथ जम्बूफल मीठो, मानी खान्छन् विनायक
उमाका पुत्र, शाेकनाशक, विघ्नहर्ता गणेशका
कमल झैँ दुई पाउमा, नमन गर्छु संधै म ता ।
 (भावानुवाद: मुरारीराज मिश्र)

१२. #श्रीगणेश_वन्दना
विघ्नेश्वराय वरदाय सुरप्रियाय ।
लम्बोदराय सकलाय जगद्धितायं।
नागाननाय श्रुतियज्ञविभूषिताय ।
गौरीसुताय गणनाथ नमो नमस्ते॥

#नेपाली_भावानुवाद् :
वाधा हरि, वर दिने, प्रीय देवताका ।
लम्बाेदर तिमी गर्दछाै हित जगतका ।।
गज मुख, वेद र यज्ञ सबै विभूषित ।
हे गाैरीपुत्र, गणनाथ, नमन शतं शत् ।।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

कालिञ्चाेक यात्राका संस्मरण: