कथा: मुटु
✍️ मुरारीराज मिश्र पटटटट… पट्याक् ….!! रातको सन्नाटालाई अचानक कर्कस आवाजले चिर्यो । निदाउनै लागेको बेला सुनिएको याे अस्वाभाविक आवाजले मलाई झस्कायो । हिजोआज बेलाबेलामा सुनिनथालेको यो आवाज आफूलाई बुद्धिमान र परिवर्तनको संवाहक ठान्ने कुनै पढेलेखेकाे तर असभ्य युवाले साइलेन्सर विगारेर चलाएको माेटरसाइकलकाे थियो । “छंदाखाँदाकाे माेटरसाइकल माेडिफाइ गरेर अरूलाई अनावश्यक पीडा र त्रास दिने यस्ता असभ्य कार्य मानिस किन गर्छन् हँ ?” मैले आफैंलाई प्रश्न गरें । जवाफ आउने संभावना थिएन नै । त्यसैले आँखा मिम्दै नजिकै टेवुलमथि रहेको माेवाइलमा समय हेरें- रातको साढे दस बजेको थियो । सामान्यतया यतिबेला म निदाइसकेकाे हुन्थें । तर आज एक टेलिभिजन च्यानलमा देशकै चर्तित ब्यक्तिकाे अन्तर्वार्ता हेर्न बसेकाले सुत्नमा ढिलाइ भएको थियोे । मैले आवाज फेरि पनि सुनिन्छ कि भनेर यताउता ध्यान दिएँ । तर सबैतिर माैनता थियोे । आँखाबाट निन्द्रा भागेकाेले ओछ्यानबाट उठें र पर्दा सारेर झ्यालबाट बाहिर हेर्न थालें - सडक छेउका खम्बामा बलेका बत्तीको उज्यालोमा लमतन्न सुतेको सडक देखियो । दिउसाेदेखि परेकाे मुसलधारे पानी अ...