कविता :सगरमाथाको मौन आर्तनाद
✍️ मुरारीराज मिश्र, प्रकृतिले जब आफ्नो समग्र सौन्दर्य, समग्र रहस्य र समग्र वैभवलाई एउटै बिन्दुमा केन्द्रित गर्न चाही, त्यसबेला जन्मिएको थियो - “सगरमाथा” । पृथ्वीको निधारमा श्वेत ज्योतिसरि टल्किएको त्यो सर्वोच्च शिखर - जहाँ, आकाशले पहिलोपटक धरतीलाई चुमेको अनुभूति हुन्छ, जहाँ, हिमभित्र निदाइरहेका छन् अनन्त युगका मौन इतिहासहरू । उ केवल हिमाल होइन, सभ्यताभन्दा पुरानो एउटा जीवित साक्षी हो । उ असंख्य नदीहरूको पिता हो, पृथ्वीवासी प्राणीहरूको जीवनदायिनी जलको महामूल स्रोत हो । धर्मले उसलाई देवता भन्यो, आस्थाले शिर झुकायो, विश्वले विस्मयले हेर्यो - किनकि उ रहस्यमय थियो, अद्भूत थियो, अजेय थियो, र विराट थियो । कति शताब्दीहरू बिते - उ आफ्नो हिममुकुटभित्र ध्यानस्थ ऋषिजस्तो निर्विकार बसिरह्यो । उसले कहिल्यै मानिससँग केही मागेन, बरु आफ्नो छाती पगालेर मीठो पानी दियो, जीवन दियो, शीतलता दियो । तर - मानिसले प्रेम गर्न सिकेन, सरलता सिकेन, केवल जित्न सिक्यो । आज, सगरमाथा अशान्त छ । उ बिचलित छ । किनकि उसको एकान्तमा अब ध्यानको निस्तब्धता छैन, मानिसहरूकाे कोलाहल र असभ्य भीड छ । “आरोहण” का नाममा दैनिकजसो...