Posts

Showing posts from June 21, 2026

कविता :सगरमाथाको मौन आर्तनाद

  ✍️ मुरारीराज मिश्र, प्रकृतिले जब आफ्नो समग्र सौन्दर्य, समग्र रहस्य र समग्र वैभवलाई एउटै बिन्दुमा केन्द्रित गर्न चाही, त्यसबेला जन्मिएको थियो - “सगरमाथा” । पृथ्वीको निधारमा श्वेत ज्योतिसरि टल्किएको त्यो सर्वोच्च शिखर - जहाँ, आकाशले पहिलोपटक धरतीलाई चुमेको अनुभूति हुन्छ, जहाँ, हिमभित्र निदाइरहेका छन् अनन्त युगका मौन इतिहासहरू । उ केवल हिमाल होइन, सभ्यताभन्दा पुरानो एउटा जीवित साक्षी हो । उ असंख्य नदीहरूको पिता हो, पृथ्वीवासी प्राणीहरूको जीवनदायिनी जलको महामूल स्रोत हो । धर्मले उसलाई देवता भन्यो, आस्थाले शिर झुकायो, विश्वले विस्मयले हेर्‍यो - किनकि उ रहस्यमय थियो, अद्भूत थियो, अजेय थियो, र विराट थियो । कति शताब्दीहरू बिते - उ आफ्नो हिममुकुटभित्र ध्यानस्थ ऋषिजस्तो निर्विकार बसिरह्यो । उसले कहिल्यै मानिससँग केही मागेन, बरु आफ्नो छाती पगालेर मीठो पानी दियो, जीवन दियो, शीतलता दियो । तर - मानिसले प्रेम गर्न सिकेन, सरलता सिकेन, केवल जित्न सिक्यो । आज, सगरमाथा अशान्त छ । उ बिचलित छ । किनकि उसको एकान्तमा अब ध्यानको निस्तब्धता छैन, मानिसहरूकाे कोलाहल र असभ्य भीड छ । “आरोहण” का नाममा दैनिकजसो...

कविता: हे भानुभक्त

✍️ मुरारीराज मिश्र हे भानुभक्त, तिम्रो “रामायण” पल्टाउँदा लाग्छ - त्यो केवल देवकथा होइन, मानवताको शाश्वत आलाेक हो । त्यहाँ वचन प्राणभन्दा भारी थियो, कर्तव्य अधिकारभन्दा उच्च थियो, भाइचारा राज्यभन्दा विशाल थियो, प्रेम स्वार्थभन्दा निर्मल थियो । आज समय फेरिएको छ । सम्पत्ति बढेको छ, सन्तोष घटेको छ । सूचना बढेका छन्, विवेक पातलिएको छ । सम्बन्ध बाँकी छन्, विश्वास क्षीण हुँदै गएको छ । सायद तिमी आजसम्म बाँचेका भए आफ्नै “रामायण” बन्द गरेर सोध्थ्यौ - "मैले देखाएका ती आदर्शहरू समयको कुन घुम्तीमा हराए ?" हे भानुभक्त, तिमीले चित्रित गरेकाे त्यागमय भ्रातृत्व कहाँ छ ? वनवासलाई पनि उत्सव बनाउने  आत्मीयता कहाँ छ ? आदर्श पत्नीको अटल निष्ठा, वचनका लागि सर्वस्व त्याग्ने पिताको दृढता, धर्मका निम्ति राज्य त्याग्ने सन्तान - आज कथामा छन्, पात्र विरलै छन् । र तिम्रो “घाँसी” ? अरूका लागि कुवा खनेर अमर हुने त्यो परोपकार आज आफ्नै वरिपरि पर्खाल उभ्याउन व्यस्त छ । कामभन्दा प्रचार ठूलो भएको यो समयमा निस्वार्थ कर्म आफैँ दुर्लभ हुँदै गएको छ । तर अझै आशा बाँकी छ । जबसम्म तिम्रा शब्दहरू जीवित छन्, त्याग, सत्य...