Posts

Showing posts from July 5, 2026

लघुकथा : ऐना

Image
✍️ मुरारीराज मिश्र मध्यरातमा फोन बज्यो । "भाइ, बुबालाई सास फेर्न गाह्रो भयो । अस्पताल लाँदैछु, तुरुन्त आऊ !" दाजु प्रकाशको काँपिरहेको स्वर सुनियो । रमेश हतारिँदै निस्कियो । अस्पतालतर्फ दौडँदा बुबाले बाल्यकालमा सुनाउनु भएको भानुभक्तको रामायण झल्झली सम्झियो । उसलाई लाग्यो, भाइ हुनु भनेको संकटमा लक्ष्मणझैँ दाजुको साथमा उभिनु हो । अस्पताल पुग्दा आकस्मिक कक्षबाहिर प्रकाश बेचैन थिए । "दाजु, नआत्तिनुस् । जति खर्च लागे पनि म बेहोर्छु । पहिले बुबालाई बचाऔँ ।" प्रकाशले भाइलाई अँगालो हाले, "तिमीजस्तो भाइ छाै र त मलाई ढुक्क छ। नत्र, म एक्लैले के गर्न सक्थे र ।” तीन घण्टापछि डाक्टरले भने, "अब खतरा टर्‍यो ।" दुवैले राहतको सास फेरे । प्रकाश बुबालाई हेर्न आईसीयूभित्र पसे । रमेश बिल तिर्न काउन्टरतिर लाग्दा भुइँमा एउटा मोबाइल देख्यो । हतारमा कसैको खसेको होला भन्दै उठाएर खल्तीमा राख्यो । बिल तिरिसकेपछि मोबाइल बज्यो । निकालेर हेर्दा त्यो प्रकाशकै रहेछ । स्क्रिनमा नयाँ सन्देश देखियो । उसको नजर त्यसमै अडियो । त्यत्तिकैमा, आईसीयूको ढोका खुल्यो । प्रकाश आँखा पुछ्दै...

लघुकथा: गल्ती

  ✍️ मुरारीराज मिश्र मञ्चमा उभिएर नेताले “एउटा वाक्य” बोले । केही समयमै त्यो वाक्यभन्दा ठूलो भयो त्यसको विरोध । उनले भने- “मेरो आशय त्यो थिएन ।” विरोध झन् चर्कियो । उनले फेरि भने- “मिडियाले बङ्ग्यायो।” त्यो पनि टिकेन । अन्तिम अस्त्र फ्याँके- “यो त एआईको खेल हो ।” सभा सकिएपछि एक स्कुले बालकले बाबुको हात समातेर सोध्यो-  “बाबा, एआईले त मानिसको आवाज नक्कल गर्न सिकेछ... मानिसले ‘माफ गर्नुहोस्’ भन्ने आफ्नै आवाजचाहिँ किन बाेल्न सिकेन ?” बाबुले उत्तर दिन सकेनन् ।  प्रश्न नेताको थिएन, प्रवृत्तिको थियो ।                  ***** कल्पतरूमा प्रेषित