भजनहरू:
✍️ मुरारीराज मिश्र १. मुखले भज्दछ, हरि-हरि नाम मनले साेच्दछ, खाली नकाम के भरियाे खै ! हृदय भित्र मानिस एउटै, द्वैध चरित्र !! स्वार्थ परेमा, चिप्लो घस्छ मीठो बाेल्दै, घरमा पस्छ काम बनेपछि, घाँटी कस्छ सर्प बनेर उल्टै डस्छ अचम्म लाग्दाे, मानव चित्र कैले हट्ला, द्वैध चरित्र ? छाेड मनुष्य, याे छलछाम केही गरिदेऊ, राम्रो काम मिल्दछ शान्ति, मिल्दछ नाम सुन्दर बन्छ, जीवन तमाम बन्दछ जगतै, तिम्रो मित्र बिन्ती छ त्याग, द्वैध चरित्र ।। २. हे देव ! म, स्वस्थ शरीर पाऊँ चलाेस् गुजारा, त्यतिनै कमाउँ सादा, सफा, शुद्ध म वस्त्र लाउँ गरेर अर्पण्, ती प्रसादी खाउँ । याे पाउ, मन्दिर तिरै बढाउँ हरेक दिन्, तीर्थहरू म...