Posts

Showing posts from February 22, 2026

गीत: धरतीमा भेटें मैले

Image
✍️ मुरारीराज मिश्र धरतीमा   भेटें   मैले,    स्वर्गकी   परी बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी । उनी बाेल्दा बजेजस्ताे, लाग्छ मीठो धून उनी देख्दा लजाएझैं, लाग्छ मलाई जून स्वास फेर्दा, सुगन्धित  हावा चले जस्ताे सम्झँदा नै मन भित्र, हुन्छ कस्तो कस्तो सुन्दरताकाे बर्णन उनको, गरुँ कसाे गरी बाँधी राखुँ  जस्ताे लाग्यो,  अंगालो भरि । माेतीदाना    दन्तलहर,    हेरिरहुँ   लाग्छ  नयनरूपी सागरभित्र,  डुब्ने इच्छा जाग्छ आँखाबाट  भित्रपसी,  मुटुभरि  छाउँछिन् हरेक रात निन्द्रा बनि, सपनीमा आउँछिन् व्याकुल हुने याे मनलाई,  बुझाऊँ के गरि बाँधी राखुँ  जस्ताे  लाग्यो,  अंगालो भरि । धरतीमा   भेटें    मैले,    स्वर्गकी   परी बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी । https://youtu.be/AqE1639cRpA?si=KmAgsNoSQRKzg7gg

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

Image
 ✍️ मुरारीराज मिश्र मृत्यु जीवनको अन्तिम सत्य हो जसलाई कसैले टार्न सक्दैन । गीतामा भनिएकाे छ- जन्म लिनेको मृत्यु निश्चित छ र मृत्यु हुनेको जन्म पनि निश्चित छ ।  यस कथनबाट बुझ्न सकिन्छ कि, जीवन-मृत्यु एक चक्र हो जसबाट सबै प्राणीहरूले गुज्रिनु पर्छ । र, मृत्युसँगै जीवनको नयाँ सुरुवात पनि हुन्छ। बाँचुञ्जेल जीवन सफल हाेस्, मृत्युु पश्चात् आत्माको परलाेक यात्रा सहज रहोस् तथा अर्को जन्ममा राम्रो शरीर प्राप्त मिलाेस् भन्ने कामनाका साथ विभिन्न धार्मिक संस्कार, जप-तप, पूजा-पाठ, धर्म-कर्म, तीर्थ-व्रत ध्यान आदि गर्न, हाम्रा पाैराणिक धार्मिक ग्रन्थ र परम्पराले हामीलाई सिकाएका छन् ।  आफ्ना लागि गरिने कर्मका साथसाथै हामीले दिवंगत पुर्खाहरूका उद्धार र शान्तिका लागि विविध धार्मिक कर्म पनि गर्दै आएका छाैं । शास्त्रमा भनिएको छ- “पुत्रस्य परमो धर्म: पित्र्यूद्धारसमो नहि ।” अर्थात् पितृहरूकाे उद्धार गर्नु नै पुत्रकाे परम कर्तव्य र धर्म हाे । उसका लागि याे भन्दा ठूलो धर्म अरू केही छैन । यही कुरालाई मनन गरि हाम्रो परम्परागत सामाजिक मान्यता अनुसार हरिहरक्षेत्र, पुनपुन, गया, वैतरनी र काशीमा दिवं...