गीत: धरतीमा भेटें मैले
✍️ मुरारीराज मिश्र
धरतीमा भेटें मैले, स्वर्गकी परी
बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी ।
उनी बाेल्दा बजेजस्ताे, लाग्छ मीठो धून
उनी देख्दा लजाएझैं, लाग्छ मलाई जून
स्वास फेर्दा, सुगन्धित हावा चले जस्ताे
सम्झँदा नै मन भित्र, हुन्छ कस्तो कस्तो
सुन्दरताकाे बर्णन उनको, गरुँ कसाे गरी
बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरि ।
माेतीदाना दन्तलहर, हेरिरहुँ लाग्छ
नयनरूपी सागरभित्र, डुब्ने इच्छा जाग्छ
आँखाबाट भित्रपसी, मुटुभरि छाउँछिन्
हरेक रात निन्द्रा बनि, सपनीमा आउँछिन्
व्याकुल हुने याे मनलाई, बुझाऊँ के गरि
बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरि ।
धरतीमा भेटें मैले, स्वर्गकी परी
बाँधी राखुँ जस्ताे लाग्यो, अंगालो भरी ।
https://youtu.be/AqE1639cRpA?si=KmAgsNoSQRKzg7gg

Comments
Post a Comment