Posts

Showing posts from August 30, 2026

कविता : विरूप लास

✍️ मुरामि बाढीले किनारमा फ्याँकेका बेनामे अङ्गहरू, हिलोमा बलात् दबिएका सग्ला शरीरहरू सहरतिर हेर्दै भनिरहेका छन् - नदीको भेलले हाम्रो त मासु मात्रै लुछ्यो, तर तिमीहरू आत्मा बेचेर बाँचेका छौ । आफूलाई जिउँदो नभन ! तिमीहरू पनि सग्लो कङ्काल बोकेर हिँड्ने एउटा विरूप लास नै हौ !           *****