Posts

Showing posts from January 19, 2025

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …

Image
नियात्रा :                        ✍️ मुरारीराज मिश्र अयाेध्या, नैमिषारण्य र वृन्दावनकाे तेह्रदिने  भ्रमणबाट फर्केकाे दुई साता पनि भएको थिएन एकरातकाे लागि चित्लाङ घुम्न जाने जाने प्रस्ताव आयाे । शरीरले साथ दिएसम्म र अनुकूल मिलेसम्म घुम्न जानुपर्छ भन्ने मेरो धारणा रहेकोले साे प्रस्ताव नकार्ने कुरै भएन । पहिले पटकपटक गइसकेको ठाउँ भएतापनि सबैसँग जाँदा रमाइलो हुने भएकाले मैले जाने सहमति जनाएँ । चित्लाङका पुराना बासिन्दा पारिवारिक नाताभित्रका भाइ सुदर्शन लामिछानेले साझेदारीमा हालै नयाँ हाेमस्टे सञ्चालनमा ल्याएका रहेछन् । उनकाे हाेमस्टेकाे आतिथ्यता र आन्तरिक पर्यटन प्रवर्द्धन अन्तर्गत चित्लाङका स्थानहरूकाे अवलोकन गर्ने हाम्रो भ्रमणको मुख्य उद्देश्य थियोे । त्यहाँ जाने सवारीसाधनकाे व्यवस्था र सुदर्शन भाइसंगकाे समन्वयको काम कल्पना मिश्रबाट भएको थियोे । हामी १४ र चालकदलका २ गरि जम्मा १६ जना चित्लाङ भ्रमणमा जाने भएका थियौं ।  भ्रमणकाे निर्धारित दिन २०८१ साल पाैष ६ गते बिहानको खाना खाइवरी १० बजे सबैजना जम्मा भयाैं । चालक अरुण पा...

लघुकथा: पुरानो कमिज ✔️

Image
          ✍️ मुरारीराज मिश्र, पतिले कमिज देखाउँदै श्रीमतीसँग भन्यो- 'यो कमिज दुई ठाउँमा उध्रिएछ, सूचीकारको पसलमा गएर टालटुल पारेर आँउछु है ।' पुरानो कुरालाई पनि कति माया गरिरहेको हो ! पटक-पटक उध्रिएर दुःख मात्रै दिइरहेको छ यसले, खुरुक्क फालेर नयाँ लिनू नि !' पत्नीको जवाफ आयो । पतिले थप्यो- 'मनपरेको कमिज हो, सिलाएर काम चलिरहेकै छ, बेकारमा किन खर्च थप्नु र !' पत्नीले फतफताउँदै भनिन्- सुचिकारले पनि सित्तैमा टालिदिने हैन होला । डेढ दुईसय लिइहाल्छ । त्यतिले आजकल नयाँ कमिज आउँछ । पुराना र खर्च बढाउने कुरा त त्याग्नुपर्छ ।' अझै थपिन्- 'माया लाग्छ भनेर दुःख दिने कुरा सधैंभरि साथमा राख्ने होइन क्या ।' पतिले प्रतिप्रश्न गयो- 'म पनि त बूढो भएँ, अनेक थरी रोगको औषधिमा दिनहुँ थुप्रो रकम खर्च हुन्छ, मेरा कारण परिवारमा सबैलाई दुःख भइरहेको छ । उसो भए म पनि त्यागिनुपर्यो, हैन त ?' (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) बलेँसी लघुकथा सङ्ग्रहमा सङ्ग्रहित नेपालभाषामा अनुवाद