लघुकथा: पुरानो कमिज ✔️

          ✍️ मुरारीराज मिश्र,

पतिले कमिज देखाउँदै श्रीमतीसँग भन्यो-

'यो कमिज दुई ठाउँमा उध्रिएछ, सूचीकारको पसलमा गएर टालटुल पारेर आँउछु है ।'

पुरानो कुरालाई पनि कति माया गरिरहेको हो ! पटक-पटक उध्रिएर दुःख मात्रै दिइरहेको छ यसले, खुरुक्क फालेर नयाँ लिनू नि !' पत्नीको जवाफ आयो ।

पतिले थप्यो-

'मनपरेको कमिज हो, सिलाएर काम चलिरहेकै छ, बेकारमा किन खर्च थप्नु र !'

पत्नीले फतफताउँदै भनिन्-

सुचिकारले पनि सित्तैमा टालिदिने हैन होला । डेढ दुईसय लिइहाल्छ । त्यतिले आजकल नयाँ कमिज आउँछ । पुराना र खर्च बढाउने कुरा त त्याग्नुपर्छ ।'

अझै थपिन्-

'माया लाग्छ भनेर दुःख दिने कुरा सधैंभरि साथमा राख्ने होइन क्या ।'

पतिले प्रतिप्रश्न गयो-

'म पनि त बूढो भएँ, अनेक थरी रोगको औषधिमा दिनहुँ थुप्रो रकम खर्च हुन्छ, मेरा कारण परिवारमा सबैलाई दुःख भइरहेको छ । उसो भए म पनि त्यागिनुपर्यो, हैन त ?'

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

बलेँसी लघुकथा सङ्ग्रहमा सङ्ग्रहित

नेपालभाषामा अनुवाद 


























Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: