Posts

Showing posts from June 23, 2024

प्रार्थना

आएँ प्रभु म द्वारमा तिम्रो, दर्शनको लिइ इच्छा । दिव्य रुपकाे दर्शन देऊ, गरिरहेछु प्रतिक्षा ।। प्रभु म, गरिरहेछु प्रतिक्षा ... बाल्यकालमा ज्ञान भएन तिम्रो दर्शन गर्ने । ध्यान रहन्थ्याे केवल खेल्ने, कुद्ने, भुँडी भर्ने ।। `मै हुँ भनेरै´ बित्यो जवानी, तन्‌मा बुढ्याैली छायाे । बिना सहारा हिंड्न सक्दिन, कस्तो बेला आयो !! प्रभु याे, कस्तो बेला आयो !! आएँ प्रभु म द्वारमा तिम्रो ....... बाेली अप्रष्ट, दृष्टि धमिलाे, श्रवण शक्ति हरायो । भूल भयाे के ! भन हे विधाता, के ले यस्तो गरायो ! धर्म कर्म त पछि गरुँला, भन्दै टारें पहिले । गल्ती गरेछु, माफि देऊ, भनि रुँदैछु अहिले ।। प्रभुजी, संधै रुँदैछु अहिले । आएँ प्रभु म द्वारमा तिम्रो .......                                            ✍️ मुरामि