प्रार्थना

आएँ प्रभु म द्वारमा तिम्रो, दर्शनको लिइ इच्छा ।

दिव्य रुपकाे दर्शन देऊ, गरिरहेछु प्रतिक्षा ।।
प्रभु म, गरिरहेछु प्रतिक्षा ...

बाल्यकालमा ज्ञान भएन तिम्रो दर्शन गर्ने ।
ध्यान रहन्थ्याे केवल खेल्ने, कुद्ने, भुँडी भर्ने ।।
`मै हुँ भनेरै´ बित्यो जवानी, तन्‌मा बुढ्याैली छायाे ।
बिना सहारा हिंड्न सक्दिन, कस्तो बेला आयो !!
प्रभु याे, कस्तो बेला आयो !!
आएँ प्रभु म द्वारमा तिम्रो .......

बाेली अप्रष्ट, दृष्टि धमिलाे, श्रवण शक्ति हरायो ।
भूल भयाे के ! भन हे विधाता, के ले यस्तो गरायो !
धर्म कर्म त पछि गरुँला, भन्दै टारें पहिले ।
गल्ती गरेछु, माफि देऊ, भनि रुँदैछु अहिले ।।
प्रभुजी, संधै रुँदैछु अहिले ।
आएँ प्रभु म द्वारमा तिम्रो .......
                                           ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: