लघुकथा: प्रतिप्रश्न
✍️ मुरारीराज मिश्र “रुख काट्न हुँदैन !” चौतारीमा उभिएर एक युवक चिच्याइरहेको थियो, “रुख काटे वातावरण विनाश हुन्छ !” उसको कुरा सुनिरहेका बूढाले सोधे, “तिम्रो घरमा फर्निचर छैन ?” “छ ।” “कहाँबाट आयो ? लास जलाउँदा दाउरा चाहिँदैन ? होमादि कार्य गर्दा काठ चाहिँदैन ?” युवक चुप भयो । बूढाले फेरि सोधे, “के रुख काट्नु मात्रै समस्या हो त ?” त्यसै बेला चौतारीको रुख सरसरायो र बोल्यो - “प्रश्न रुख काट्ने कि नकाट्ने होइन, काटेको ठाउँमा कति रुख रोप्छौ र कति हुर्काउँछौ - प्रश्न त्यही हो ।” युवकले माथि हेर्यो । पातहरू हल्लिइरहेका थिए, तर उसको ओठमा जवाफ थिएन । रचना: २०८३-०६-०७ *** ( उधारो वसन्तमा नपरेको )