Posts

Showing posts from May 31, 2026

साइकल यात्रामार्फत विश्वलाई हरित सन्देश

Image
✍️ मुरारीराज मिश्र जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै हिमनदीहरू पग्लिरहेका छन्, जैविक विविधता सङ्कटमा परेको छ र प्राकृतिक विपत्तिहरूको आवृत्ति बढ्दै गएको छ । हामी अहिले विकासको नयाँ युगमा बाँचिरहेका छौँ । सडक विस्तार भएका छन्, अग्ला भवनहरू ठडिएका छन्, उद्योगहरू बढेका छन् र प्रविधिले संसारलाई एउटा गाउँजस्तै बनाइदिएको छ । निस्सन्देह, यी विकासका सूचक हुन् । तर अर्कोतर्फ पृथ्वीको तापक्रम बढिरहेको छ, हिमालका हिउँ पग्लिरहेका छन्, पानीका मुहान सुक्दै गएका छन् र स्वच्छ हावा पनि दुर्लभ बन्दै गएको छ । यी सबै प्रकृतिका मौन चेतावनी हुन् । यदि विकासका नाममा सबै रुख काटिए र स्वच्छ हावा नै दुर्लभ बन्यो भने, त्यस्तो विकासको अर्थ के रहला ? हालै संयुक्त राष्ट्र महासभाले हरितगृह ग्यास उत्सर्जन घटाउने तथा विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा राष्ट्रहरूको दायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । अन्तर्राष्ट्रिय न्यायालयले निर्दिष्ट गरेका जलवायु सम्बन्धी दायित्वहरूको पालना गर्न राष्ट्रहरूलाई आह्वान गर्ने उक्त प्रस्तावको पक्षमा नेपालले पनि समर्...

कथा: खामभित्रको सत्य

  ✍️ मुरारीराज मिश्र “मेरो मृत्युपछि मात्र यो खाम खोल्नू ।” हरिनारायणको जीवनको अन्तिम वाक्य यही थियो । ओछ्यानको सिरानीमा अडेस लागेर बसेका उनले तीनैजना छोरातिर एकपटक पुलुक्क हेरे । त्यो दृष्टिमा स्नेह थियो कि क्षमा याचना, छुट्याउन सकिँदैनथ्यो । त्यसको केही क्षणपछि उनका आँखा स्थिर भए । उनको मृत्युुमा, गाउँलेले भने - एउटा असल मानिस गयो । कसैले भने - समाजले अभिभावक गुमायो ।  र, सायद हरिनारायण स्वयंले आफ्नो मृत्युुपछि भन्न पाएका भए भन्थे हाेला - एउटा अपराधी मर्‍यो ! हरिनारायणलाई गाउँलेहरूले दानी, परोपकारी र सहृदयी मानिसका रूपमा चिन्थे ।  रात परेपछि उनी प्रायः आफ्नै घरको आँगनमा धेरैबेरसम्म एक्लै टाेलाएर बस्ने गर्थे ।  “के भयो बुबा ?” कान्छो दिनेशले त्यस्तो अवस्थामा धेरैपटक सोधेको थियो । “केही होइन, पुरानो सपना थियो” उनी उत्तर दिन्थे । तर त्यो सपना थिएन ।  स्मृति थियो । चालीस वर्षअघि एउटा घरको ढोका, अँध्यारो कोठा, झस्किएर उठेका एक दम्पती, हातपात, धकेलाधकेल... अनि भुइँमा लडेको एउटा निस्पन्द शरीर ।  त्यसपछि अर्को । जेलका वर्षहरूभन्दा ती केही क्षणले उनलाई बढी सजाय दि...

गजल- नयनरूपी तीर...

Image
✍️ मुरारीराज मिश्र, नयनरुपी तीर, मुटुकाे वारपार भयो न त चोट देखियो, न कुनै उपचार भयो केवल उनकै याद आउँछ, आफैंलाई भुल्दैछु म हिजाेसम्म सञ्चै थिएँ, आज खै के बिमार भयो ? सबैजना सोध्छन् मलाई, किन टोलाइस् यसरी ? फिस्स हाँस्दै भनिदिन्छु, उनीसँग प्यार भयो आफ्नै बसमा छैन अब, याे मुटुको धड्कन पनि जिन्दगीकाे सुखदुःख, उनैलाई उपहार भयो हारें आफ्नै मनसँग, उनकै जितमा खुसी खोज्दै हाँसिहाँसी त्याग गर्न, याे 'मुरारी' तयार भयो । दायित्वमा प्रकाशित २०८३ जेठ-असार