गजल- नयनरूपी तीर...

✍️ मुरारीराज मिश्र,

नयनरुपी तीर, मुटुकाे वारपार भयो
न त चोट देखियो, न कुनै उपचार भयो

केवल उनकै याद आउँछ, आफैंलाई भुल्दैछु म
हिजाेसम्म सञ्चै थिएँ, आज खै के बिमार भयो ?

सबैजना सोध्छन् मलाई, किन टोलाइस् यसरी ?
फिस्स हाँस्दै भनिदिन्छु, उनीसँग प्यार भयो

आफ्नै बसमा छैन अब, याे मुटुको धड्कन पनि
जिन्दगीकाे सुखदुःख, उनैलाई उपहार भयो

हारें आफ्नै मनसँग, उनकै जितमा खुसी खोज्दै
हाँसिहाँसी त्याग गर्न, याे 'मुरारी' तयार भयो ।

दायित्वमा प्रकाशित २०८३ जेठ-असार 






Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

भजन/श्लोक (भावानुवाद)