Posts

Showing posts from July 26, 2026

लघु कविता: महाकाव्य

सबै शब्द थाकेर फर्किन्छन्, सबै अर्थ त्यहीँ पुगेर टुङ्गिन्छन् । समयले पनि मेट्न नसकेको मुटुमा गढिएको एउटा अनन्त हस्ताक्षर । जीवनभर पढिँदा पनि नसकिने ग्रन्थ- एक शब्दको महाकाव्य आमा ।             ✍️ मुरामि

लघु कविता: ज्योतियात्रा

जन्म- उज्यालोको पहिलो दर्शन । जीवन- उज्यालो चिन्न सिक्ने यात्रा । मृत्यु- उज्यालोमै विलीन हुने क्षण ।                       ✍️ मुरामि