✍️ मुरारीराज मिश्र मृत्यु जीवनको अन्तिम सत्य हो जसलाई कसैले टार्न सक्दैन । गीतामा भनिएकाे छ- जन्म लिनेको मृत्यु निश्चित छ र मृत्यु हुनेको जन्म पनि निश्चित छ । यस कथनबाट बुझ्न सकिन्छ कि, जीवन-मृत्यु एक चक्र हो जसबाट सबै प्राणीहरूले गुज्रिनु पर्छ । र, मृत्युसँगै जीवनको नयाँ सुरुवात पनि हुन्छ। बाँचुञ्जेल जीवन सफल हाेस्, मृत्युु पश्चात् आत्माको परलाेक यात्रा सहज रहोस् तथा अर्को जन्ममा राम्रो शरीर प्राप्त मिलाेस् भन्ने कामनाका साथ विभिन्न धार्मिक संस्कार, जप-तप, पूजा-पाठ, धर्म-कर्म, तीर्थ-व्रत ध्यान आदि गर्न, हाम्रा पाैराणिक धार्मिक ग्रन्थ र परम्पराले हामीलाई सिकाएका छन् । आफ्ना लागि गरिने कर्मका साथसाथै हामीले दिवंगत पुर्खाहरूका उद्धार र शान्तिका लागि विविध धार्मिक कर्म पनि गर्दै आएका छाैं । शास्त्रमा भनिएको छ- “पुत्रस्य परमो धर्म: पित्र्यूद्धारसमो नहि ।” अर्थात् पितृहरूकाे उद्धार गर्नु नै पुत्रकाे परम कर्तव्य र धर्म हाे । उसका लागि याे भन्दा ठूलो धर्म अरू केही छैन । यही कुरालाई मनन गरि हाम्रो परम्परागत सामाजिक मान्यता अनुसार हरिहरक्षेत्र, पुनपुन, गया, वैतरनी र काशीमा दिवं...
संस्मरण : कहिलेकाहीँ यात्रा नक्साको एउटा बिन्दुसम्म पुग्नु मात्र हुँदैन; त्यो आफ्नै सोचको कुनै बन्द ढोका खोल्ने अवसर पनि हुँदो रहेछ । धादिङको थाक्रे-५, दामेचौरस्थित प्रेमसागर फाउण्डेशनसम्मको मेरो यात्रा यस्तै एउटा संयोग थियो । शैक्षिक प्रेरणा समूहका तर्फबाट आदर्श माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, जर्सी तथा खेलकुद सामग्री हस्तान्तरण गर्ने कार्यक्रमका लागि भान्दाइ किरण शर्माको खबर आयो । खबर सुनेपछि मनले भन्यो - एउटा जानैपर्ने यात्राको साइत जुरेकाे छ । २०८३ साल साउन ४ गते बिहान श्रीमती कल्पना मिश्र र म कोटेश्वर पुग्यौँ । त्यहाँ किरण भान्दाइ र भोला राउतसँग भेट भयो । ढिला नगरि हामी कलंकीतिर लाग्यौँ । केहीबेरको प्रतीक्षापछि विजय बस्नेतजी आफ्नो गाडी लिएर आइपुग्नुभयो । अब पाँच जनाको हाम्रो टोली धादिङतिर लाग्यो । काठमाडौंको कोलाहल पछाडि छुट्दै गयो, तर जामले शहरलाई सजिलै बिदा गर्न दिएन । सडकमा सवारीको लाम, मोटरसाइकलको हतार र छाता ओढेर हिँडिरहेका मानिसबीच आकाशमा बादल बाक्लिँदै थिए । केहीबेरमै पानी पर्यो । वर्षाले सडकको धुलो पखाल्दै थियो । पहाडत...
Comments
Post a Comment