कविता : विरूप लास

✍️ मुरामि

बाढीले किनारमा फ्याँकेका

बेनामे अङ्गहरू,

हिलोमा बलात् दबिएका

सग्ला शरीरहरू

सहरतिर हेर्दै

भनिरहेका छन् -


नदीको भेलले

हाम्रो त मासु मात्रै लुछ्यो,

तर तिमीहरू

आत्मा बेचेर बाँचेका छौ ।


आफूलाई जिउँदो नभन !

तिमीहरू पनि

सग्लो कङ्काल बोकेर

हिँड्ने एउटा

विरूप लास नै हौ !

          *****


Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

भजन/श्लोक (भावानुवाद)