लघुकथा: गल्ती

 ✍️ मुरारीराज मिश्र

मञ्चमा उभिएर नेताले “एउटा वाक्य” बोले ।

केही समयमै त्यो वाक्यभन्दा ठूलो भयो त्यसको विरोध ।

उनले भने- “मेरो आशय त्यो थिएन ।”

विरोध झन् चर्कियो ।

उनले फेरि भने- “मिडियाले बङ्ग्यायो।”

त्यो पनि टिकेन ।

अन्तिम अस्त्र फ्याँके- “यो त एआईको खेल हो ।”

सभा सकिएपछि एक स्कुले बालकले बाबुको हात समातेर सोध्यो-  “बाबा, एआईले त मानिसको आवाज नक्कल गर्न सिकेछ... मानिसले ‘माफ गर्नुहोस्’ भन्ने आफ्नै आवाजचाहिँ किन बाेल्न सिकेन ?”

बाबुले उत्तर दिन सकेनन् । 

प्रश्न नेताको थिएन, प्रवृत्तिको थियो ।

                 *****

कल्पतरूमा प्रेषित

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण:

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"