गीत: भाे नबाेल अधरले ...

माैन भाखामा जे-जे, भन्दछन् ती नजरले 

बुझ्न थालेको छुु मैले, भाे नबाेल अधरले ।


जुधाएर आँखा-आँखा, धेरै कुरा भन्न मिल्छ

समाएर हात-हात,  सारा व्यथा भुल्न मिल्छ

धेरै  माया  संगालेर,  अमर  नाता  गाँसिदेऊ 

सारा संसार जित्न सक्छु, एकपल्ट हाँसिदेऊ

नयाँ संसार बसाउनु छ, दुबैकाे रहरले

भाे नबाेल अधरले, भाे नबाेल अधरले ।


तिमीलाई खुशी राख्न,  सबैसँग लड्न सक्छु

काँडैकाँडा भरिएको, बाटो माथि हिड्न सक्छु 

तिम्रो साथ पाएपछि, असम्भव नै के पाे छ र 

अंगालोमा  तिमी  भए,   मर्न  पनि  हुन्न  डर 

रमाओैं  हामी  आफैं,  नदेखाेस्  याे सहरले

भाे नबाेल अधरले, भाे नबाेल अधरले ।।

https://youtu.be/6znsvaqTq6M?si=IhJg8FYlMSKSUMiu



Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"