लघुकथा: निरीक्षण भ्रमण

✍️ मुरारीराज मिश्र

 "म रमेश बाेलेकाे हजुर । यता भर्खरै ठूलाे भुकम्प आयाे । सयाैं घर भत्किएर निकै हताहती भएकाे छ ।" गाउँबाट मध्यरातमा जिल्ला स्तरीय कार्यकर्ताले नेतालाई माेवाइलमा दुखद खबर सुनाए ।

याे खबर सुनेपछि, राज्यको ठूलै पदमा रहेका ती नेताजी केही बेर साेचमग्न बने । मस्त निन्द्रामा रहेकी आफ्नी श्रीमतीलाई एकपटक हेरे । लगत्तै, मन्त्रालयका सचिवलाई फाेन गरेर "प्राकृतिक विपत्तिका कारण म तत्कालै निरीक्षण भ्रमणमा गाउँ जानु पर्ने भयाे । एकघण्टाभित्र हेलिकप्टरकाे ब्यवस्था गरेर खबर गर्नुस् है" भनेर अह्राए ।

यसपछि, सुतेकी श्रीमतीलाई घच्घच्याउँदै उनले भने "धेरै दिन देखि हेलिकप्टर चढाएर गाउँ घुमाउन लग्नुस् न" भन्दैथ्याै नि तिमी ! ल तुरुन्तै तैयार हाेऊ, मैले तिम्रो ईच्छा पुर्‍याउन हेलिकप्टर मगाएकाे छु ।"

(उममहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं ७)

sabdankur मा


प्रकाशित 

Comments

Popular posts from this blog

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …

वृन्दावन चाैरासी काेस परिक्रमाकाे नालिबेली