गजल: शीतकाे थाेपा झैँ

              ✍️ मुरारीराज मिश्र

शीतकाे  थाेपा सरी  ढलपल  देख्छु

लजायाै कि क्या हाे अलमल देख्छु 


ओठ टाेक्दै जब मुसुक्क हाँस्छेउ

आफ्नै  मनभित्र  हलचल  देख्छु 


रूपको बयान खै कसरी गरूँ

पूर्णचन्द्र  झैँ  झलमल  देख्छु


निस्कन्छाै जब तिमी बजारमा 

सर्वत्र  तिम्रै   छलफल  देख्छु 


चैन छैन याे मनमा हिजोआज

जताततै  तिमी  हरपल  देख्छु


चित्त काटिन्छ जब ती आँखामा 

मोती  झैं  आँसु  टलपल  देख्छु ।

                 ***

गारखापत्रमा प्रेषित २०८२-१२-३

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"