"वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश " ✍️ मुरारीराज मिश्र बाल्यकालका केही दृश्यहरू यस्ता हुन्छन्, जसलाई स्मृतिले समयसँगै झिनो पार्दैन, बरु अझ प्रखर तुल्याउँछ । गुहेश्वरी मन्दिर र वरिपरिको परिवेशसँग जोडिएका मेरा केही स्मृतिहरू पनि यस्तै छन् । हरेक पटक सम्झिँदा तिनले हरियाली दृश्य, माटोको सुगन्ध, निर्मल पानीको चिसोपन र विश्वासको पवित्रता समेटेर ल्याइदिन्छन् । पचास-बाउन्न वर्ष अघिको समय । गुहेश्वरी मन्दिरको उत्तरी र पूर्वी किनार, आज जहाँ घर, बाटो र पसलले भरिएको छ, त्यो बेला हरियालीले ढाकिएको थियो । वागमती पारि फैलिएका खेतहरू मानौँ आकाशबाट झरेका हरिया ओछ्यानजस्तै देखिन्थे । धान, गहुँ, आलु र अन्य तरकारीका बालीहरू ऋतु अनुसार खेतमा लहराइरहेका हुन्थे । फाट्टफुट्ट रहेका माटोले बनेका झुपडी र परालका छाना प्रकृतिको विशाल काखमा बास बसेका शिशुजस्तै लाग्थे । त्यो समय वागमती शुद्ध र पारदर्शी थियो । हामी त्यही पानी पिउन्थ्यौं, नुहाउँथ्यौं, कपडा धुन्थ्यौं । असला, सिङ्गे, हिले ...
✍️ मुरारीराज मिश्र मृत्यु जीवनको अन्तिम सत्य हो जसलाई कसैले टार्न सक्दैन । गीतामा भनिएकाे छ- जन्म लिनेको मृत्यु निश्चित छ र मृत्यु हुनेको जन्म पनि निश्चित छ । यस कथनबाट बुझ्न सकिन्छ कि, जीवन-मृत्यु एक चक्र हो जसबाट सबै प्राणीहरूले गुज्रिनु पर्छ । र, मृत्युसँगै जीवनको नयाँ सुरुवात पनि हुन्छ। बाँचुञ्जेल जीवन सफल हाेस्, मृत्युु पश्चात् आत्माको परलाेक यात्रा सहज रहोस् तथा अर्को जन्ममा राम्रो शरीर प्राप्त मिलाेस् भन्ने कामनाका साथ विभिन्न धार्मिक संस्कार, जप-तप, पूजा-पाठ, धर्म-कर्म, तीर्थ-व्रत ध्यान आदि गर्न, हाम्रा पाैराणिक धार्मिक ग्रन्थ र परम्पराले हामीलाई सिकाएका छन् । आफ्ना लागि गरिने कर्मका साथसाथै हामीले दिवंगत पुर्खाहरूका उद्धार र शान्तिका लागि विविध धार्मिक कर्म पनि गर्दै आएका छाैं । शास्त्रमा भनिएको छ- “पुत्रस्य परमो धर्म: पित्र्यूद्धारसमो नहि ।” अर्थात् पितृहरूकाे उद्धार गर्नु नै पुत्रकाे परम कर्तव्य र धर्म हाे । उसका लागि याे भन्दा ठूलो धर्म अरू केही छैन । यही कुरालाई मनन गरि हाम्रो परम्परागत सामाजिक मान्यता अनुसार हरिहरक्षेत्र, पुनपुन, गया, वैतरनी र काशीमा दिवं...
Comments
Post a Comment