लघुकथा : मिसकल
✍️ मुरारीराज मिश्र,
पत्नी : अघिदेखि तपाईंको फाेन बज्याबज्यै गर्या´थ्याे है ! कतै जरुरी फाेन पाे हाे कि, हेर्नुस् एकपटक ! म बजार हिडें ।
पति : ए, त्यै रमेशले गर्या रैछ । आ... जरुरी भए फेरि गर्छ, कलब्याक गरेर फाेकटमा एक रूपैयाँ किन खर्च गर्नु !
(एकघण्टा पछि)
पत्नी : बजारमा रमेशबाबु भेटिनु भा´थ्याे, खै कता हाे साधारणसभा सकेर आएको रे ! संगै जान फाेन गरेकाे दाइकाे फाेन नै उठेन भन्दै हुनुहुन्थ्यो !
पति : ए हाे त नि, कस्तो हुस्सु भएछु ! सहकारीकाे साधारणसभामा गएको भए पन्ध्रसय भत्ता आउँथ्यो, एक रुपैयाँको लाेभमा ब्यर्थै गुम्याे !
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
आलेखमा प्रेषित
Comments
Post a Comment