लघुकथा: विडम्बना

          ✍️ मुरारीराज मिश्र,

देशमा सबैभन्दा बढी बिक्ने महंगो पत्रिकामा पृष्ठ भरिकाे रंगीन समवेदना छापिएकाे थियो ।

पत्रिका पढ्दै गरेका रमेशलेे त्याे देखेर साेचे "पचास-साठी हजारभन्दा कममा त पक्कै छापिएन हाेला याे समवेदना !"

"हैन, के साेच्दै हुनुहुन्छ मित्र ?" उनका साथीले काेठामा पस्दै साेधे । रमेशले समवेदनाकाे बारेमा आफ्नो मनमा आएको कुरा साथीलाई बताए ।

"कुन जमानामा हुनुहुन्छ मित्र ? म पनि पत्रिकासंग सम्बन्धित भएकाले जान्दछु कि यस्ताे विज्ञापनकाे पत्रिका अनुसार पच्चीस-तीस लाखसम्म पर्न सक्छ !"

"ओहो ! यति रकमले त, दाताको चन्दा र आफ्नो पेन्सनबाट जेनतेन चल्दै आएका हाम्राजस्ता आधा दर्जन बृद्धाश्रम र अनाथालयलाई बर्षभरीकाे रासनपानी पुग्ने रहेछ !" रमेशले सुस्केरा हाल्दै भने ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: