लघुकथा : आस्था

             ✍️ मुरारीराज मिश्र

“ओहाे ! घाेर अनर्थ भयाे !”
“मान्छेभित्र धर्म मरेपछि कस्काे के लाग्छ ?”
“भगवानकाे यस्तो अनादर ! यस्ता अधर्मीले त नर्कमा पनि ठाउँ पाउन्नन् ।”

मन्दिर छिर्दै गर्दा, फर्किरहेका हरूबाट यस्तै-यस्तै कुरा सुनेकाे उसले, नजिकैकाे मानिससंग जिज्ञासा राख्यो “हैन, भित्र के भएको रहेछ ?”

“भीडका कारण देख्न त पाइएन, तर भगवान्‌काे मूर्तिमा एकजनाले खुट्टाले फूल चढायाे भनेर पुजारी लगायतले उसलाई पिट्दै छन् रे !”

“अहाे ! याे त साह्रै नराम्रो पाे भएछ !” यति भन्दै उ भीड छिचोल्दै मूर्तिकाे छेउमा पुग्यो । वरपर हातमा लठ्ठी लिएका पुजारीगण देखिन्थे । त्यहीँ अगाडि एउटा युवक रक्ताम्य अवस्थामा लडिरहेको थियोे ।

उसले अझै नजिकै पुगेर राम्ररी नियालेर हेर्‍यो, उसको दुबै आँखा विस्फारित भए ! लडिरहेको रक्ताम्य साे युवक उसको परिचित र जन्मजात नै दुवै हात विहीन ब्यक्ति थिए !

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)



https://youtu.be/XD2MLU2povw?si=lSYpn9WRyybXxBI7


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"