Posts

तिर्थ यात्रा: संस्मरण (गढीमाई देखि परशुराम कुण्ड सम्म)

Image
✍ मुरारीराज मिश्र लेखक छर छिमेक तथा ईष्टमित्रहरु संगको सरसल्लाहबाट तिर्थ यात्रा जाने कार्यक्रम तय भयो । यात्रा ब्यवस्थापकसंग बसेर यात्राको प्याकेज बन्यो हाम्रो यात्राको मुख्य गन्तव्य तथा उद्देश्य नेपालका प्रसिद्ध गढीमाई, छिन्नमस्ता भगवती, सानो पाथिभरा, जनकपुरधाम, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर महादेव, अर्जुनधारा, सताक्षी धाम लगायत भारतका आसाम राज्यमा अवस्थित कामरुप कामाख्या मन्दिर, अरुणाञ्चल राज्यको परशुराम कुण्ड र सिक्किम स्थित सर्वेश्वरा धाम (नयाँ चारधाम) दर्शन गर्ने र बाटोमा पर्ने बिभिन्न देवस्थलको दर्शन एवम् पर्यटकीय स्थलहरुको अवलोकन गर्ने थियो। १३ दिने हाम्रो यात्रा प्याकेजमा बिहानको चिया, खाना र बेलुकीको खाना गरि दुई छाक खाना, बास र बसभाडा समावेश थियो भने, यी बाहेक साईट सिन गर्दा लाग्ने तथा अन्य खर्च भने आफैंले ब्यहोर्नु पर्थ्यो । कामरुप कामाख्या दर्शन पश्चात् तिर्थ यात्रा टाेली फागुन ४ गते बिहान ६ बजे हामी १५ जना तिर्थयात्री, यात्रा ब्यवस्थापक टोली र चालक दलका ५ जना गरि जम्मा २० जना सवार बस तिर्थ यात्राको लागि काठमाडौंबाट प्रस्थान गर्यो । मौसम सफा भएतापनि चिसो भ...

भजन

ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। तेराे र मेराे भन्दै, धन् सम्पत्ति जुटाएँ । दानादी गर्न छाेडी, त्यै सम्पत्ति लुटाएँ ।। आएँ म खाली हात, माता दया गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। आफू र सन्ततिकै, खातिर खटें सधैं म । जानीनजानी मैले, कत्ति गरें कुकर्म ।। नासी सबै ती पाप, माता क्षमा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। याे देहरुपी नाैका, ढलपल् गरिरहेछ । संसाररुपी सागर, तर्नै कठिन हुँदैछ ।। नाैका लगाऊ पार, आशा पूरा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।                             ✍ मुरारीराज मिश्र

भजन

ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम । भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् ! हावा उनैको, पानी उनैकाे, आकाश धर्ती उनैको । पञ्चतत्वले निर्मित शरीर याे, बाेलीचाली उनैकाे । दाता उनै हुन् , के छ र हाम्राे,  किन गर्ने अभिमान ! भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !   जन्मदिने उनै, कर्मदिने उनै, हामी माध्यम मात्र । माया, ममता राखि सबमा, बन्नु पर्छ सुपात्र । ब्याप्त उनै छन् जड चेतनमा, केवल् राखाैं इमान। भन्न सकिन्न भेटिन सक्छन् कुन रुपमा भगवान्  ! ईश्वर कस्ता हुन्छन् भनेर, छाेडिदिऊँ खाेज्ने काम । भन्न सकिन्न भेटिन सक्छन् , कुन रुपमा भगवान् !                                            ✍ मुरारीराज मिश्र

कृष्ण भजन

मुरली छ, कृष्णकाे हातैमा माेहनी रुप् राधा छिन् साथैमा देवकीका गर्भबाट जन्मे जेलभित्र गाेपी-ग्वाला-सुदामा थे श्रीकृष्णका मित्र नाैनी चाेरी खान्थे रे पातैमा नाचे कृष्ण राधाकाे साथैमा मारे पुतना र कंश दुष्ट शिशुपाल कालीनाग मारि रक्षा गरे गाेपी-ग्वाल बंशी बज्याे मधुरो रातैमा नाचे कृष्ण गाेपिनी साथैमा श्री बिष्णुका आठाैं रुप साक्षात् परमात्मा कृष्णप्रीया राधाजी हुन् स्वयं लक्ष्मीमाता किरीट मुकुट सुहायाे माथैमा नाचे कृष्ण भक्तका साथैमा मुरली छ, कृष्णकाे हातैमा माेहनी रुप् राधा छिन् साथैमा

भजन

त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! याे जिन्दगीको नाउ, चल्दैछ सुस्त सुस्त, काहाँ गएर डुब्ला ? याे मन् संधै छ त्रस्त । साह्रै भएँ थकित् म, देख्छु विपत् काे छाया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! कस्दैछ माेहपाश, गाँठो परेर जेल्दै, जाने भयो जीवन् याे, हाँस्दै, रूँदै र खेल्दै । भवपार तर्ने कर्म, गर्ने कसाेरी काहां ? बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !                                                -मुरामि

~~~ भजन ~~~

हतारो छ जैले पनि, संधै कामै काम । कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? उठ्यो खायो चुठ्याे दाैड्याे, यही पेट भर्न, यस्कै लागि छैन बाँकी, क्यै कुकर्म गर्न । कैले लाग्ला याे बुद्धिकाे, घैंटाे माथि घाम ? कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? म र मेरो परिवार, नातागोता भन्दै, जीवन याे बित्न लाग्यो, धन् सम्पत्ती गन्दै । कैले हाेला ईच्छा पूरा - 'पुग्ने प्रभु धाम', कैले हाेला फुर्सद खै, कैले भज्ने राम ? हतारो छ जैले पनि, संधै कामै काम । कैले हाेला फुर्सद खै, कैले भज्ने राम ?                            ✍ मुरारीराज मिश्र

भेडाजस्तै भएका छन् भेडाहरु

Image
#कविता याैटा भेडीगाेठ, जहाँ ब्यस्त थिए छलफलमा एक बथान भेडाहरु, आक्राेशित थिए उनीहरू गाेठाला र नाइके प्रति, उस्काे दम्भ, गाली र धम्की प्रति, भन्दै थिए - अब कति सहने ? आजै याैटा निर्णय गराैं । अर्थात् सबैमा थियोे नाइके फेर्ने रहर माैका मिले आफैं नेता बन्ने रहर । पहिलो भन्दैथ्याे - अब आफैं बनिन्छ नेता, कति सहने 'त्यस्काे' चुरिफुरी ? दाेश्राेले सही थाप्याे- मेराे समर्थन छ तिमीलाई, कुनै हालतमा पनि बन्न दिनु हुन्न त्यसलाई हाम्रो नाइके, तेस्रो बाेल्याे- हाे त, हामी यतिका छाैं, त्यस्काे पक्षमा दुई-चारजना त हुन नि ! हामीले नै जित्छाैं, चाैथाे डुक्रियाे- उनीहरूले जबर्जस्ती गर्न खाेजे भने लडिन्छ, भिडिन्छ, बिराेध गरिन्छ परे अनसनै बसिन्छ जे जसरी भएपनि छाेडिन्न त्यस्लाई त कुनै हालमा पनि मान्दै मानिन्न...... यसरी धेरैले बाेले, हाैसियाे पहिलो भेडाे, लगभग सर्वसम्मत भएकाे थियो उ त्यस दिनको छलफलमा । आनन्दले निदाए त्यस रात भेडाहरु, देखे स्वर्णिम सपना, खाए घ्यू संग मनकाे लड्डु । बिहानी भयाे, गाेठालाले कुकुर अघि लगायाे अनि जबर्जस्ती लखेट्याे भेडाहरुलाई । भेडाह...