Posts

लघुकथा: "बुबा"

✍️ मुरारीराज मिश्र हामी मध्यमवर्गीय परिवार । बुबा सामान्य जागिरे । आमा गृहिणी । म परिवारकाे एक्लो छाेराे । पढाइमा टाठै थिएँ । आमाबुबाले मेरालागि सबै कुरा पुर्‍याइ दिनुभएको थियाे । मलाई राम्रो स्कुल कलेजमा पढाउनु भएको थियाे । कलेज जानथाले पछि सजिलोका लागि स्कूटर किनिदिनु भएकाे थियोे । पेट्रोल र पकेट खर्चका लागि बुबाले नै साेध्नुहुन्थ्याे । मैले ईच्छा गरेपछि बुबाले कुनै कुराकाे लागि पनि सामान्यतया नकार्नु हुन्नथ्यो । मेराे कलेजमा ड्रेस अनिवार्य थिएन त्यसैले म दैनिक पाेशाक फेरेर लगाउथें । बजारमा आएकाे नयाँ फेसन मेराे राेजाइमा हुन्थ्यो । कुनै विवाह, व्रतबन्ध, पार्टी, पिकनिक आदिमा एकपल्ट लगाएर गएकाे लुगा, शायदै दाेहाेर्‍याएर लाएँ हाेला मैले ! संक्षेपमा भन्दा, बुबाले आफ्नोतर्फबाट गुनासाे गर्ने माैका कहिल्यै दिनुभएको थिएन मलाई । स्नातकतहकाे अन्तिम परीक्षा सकिएको थियोे । घरमा एक्लै थिएँ । आफ्ना पुराना पुस्तकहरु मिलाउने मुड चल्याे । यसै क्रममा एउटा पारिवारिक फाेटाे एल्बम भेट्टाएँ ।  किताब मिलाउन छाेडेर एल्बम हेर्न थालें । धेरैपछि बाल्यकाल देखिका फाेटाेहरु देख्दा रमाइलो लाग्याे । मानपटलमा पु...

सरकारी बेवास्तामा : विद्यालय कर्मचारी

Image
✍️  मुरारीराज मिश्र शिक्षा क्षेत्र र विद्यालय सञ्चालनको कुरा गर्दा हामीकहाँ सधैँ विद्यार्थी र शिक्षकको मात्रै चर्चा हुने गरेको छ । सरकारले पनि यी दुई पक्षलाई मात्रै सुविधा र ध्यान दिएको छ । विद्यालय सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको भने सामान्यतया कतै उल्लेख समेत गरिन्न । उनीहरुलाई न त राज्यले नै कुनै सुविधा दिन्छ, संरक्षण गर्नु त परैको कुरो । यस प्रकार विद्यालय कर्मचारीहरु सवै क्षेत्रको पूर्णतः बेवास्ताका कारण ओझेलमा परेका छन् । यही सरकारी बेवास्ताका कारण नेपाल विद्यालय कर्मचारी परिषद्काे आव्हानमा देशभरका विद्यालय कर्मचारीहरु दस दिन देखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । यसै क्रममा विद्यालय कर्मचारीहरुले राजधानीमा विशाल र्‍याली र पत्रकार सम्मेलन समेत गरिसकेका छन् । तर पनि हालसम्म समस्या ज्यूँ का त्यूँ छ । कुनैपनि विद्यालयको सुचारु सञ्चालन शिक्षक–कर्मचारी–विद्यार्थीको त्रिपक्षिय सहयोग र समन्वयबाट मात्रै सम्भव हुन्छ । एक विना अर्को अपुरो हुन्छ । शिक्षक र विद्यार्थीको सिक्ने सिकाउने कार्यमा विद्यालय कर्मचारीहरुले प्रत्यक्ष र अप्रत्यक्ष दुवै ...

प्रार्थना

धारी अनेक रुप सकल जगतको हर्ने सन्तापलाई, लीला गर्ने अनेकौं हर युग-युगमा माया आफ्नो फिंजाई, भर्ने मनमा करुणा मनुजहरुकाे प्रेम धारा पिलाई, यस्ता श्रीकृष्ण आई सकल दु:ख हरी पार तारुन् मलाई ।। -------------------------------------- मुरामि

लघुकथा पाँच रुपैयाँ

Image
#लघुकथा         "पाँच रुपैयाँ" काम बिशेषले बस चढेर जाँदै थिएँ । म संगैकाे सिटमा उमेरले जेष्ठ नागरिक देखिने कपाल सेतै फुलेका एकजना भलादमी पुरुष हुनुहुन्थ्यो । अघिल्लो बिसाैनीमा उहांलाई ओर्लनु पर्ने रहेछ । उहाँले खल्तीबाट बीस रुपैयाँको नाेट झिकेर खलासीलाई दिंदै भन्नुभयाे "म लाहुरे चाेकबाट आएकाे, अगाडीकाे चाेकमा बस राेकिदेऊ है बाबु ।" खलासी भाइले "भाडा पच्चीस रुपैयाँ हाे, पाँच रुपैयाँ पुगेन दिनुस्" भने । उहाँले नम्र स्वरमा "बाबु, म संधै बसमा आउने-जाने गर्छु, यहाँ सम्मकाे भाडा यति नै हाे भन्ने मलाई थाहा छ" भन्नुभयो तर खलासीले मानेनन् । "पाँच रुपैयाँ दिनैपर्ने" जिद्दी गरि नै रहे । खलासीले नमानेपछि, उहाँले खल्तीबाट एउटा कार्ड निकालेर खलासीलाई देखाउँदै भन्नुभयो "सकभर याे देखाउन त मन थिएन बाबु, तर जति भन्दा पनि मानेनाैं ! याे मेराे जेष्ठ नागरिक परिचयपत्र हाे । यदि, पच्चीस रुपैयाँ नै भाडा हाे भन्छाै भने, मैले पाउने छुट वापतकाे रकम फिर्ता देऊ लाै अब !" खलासीभाईले अमिलो अनुहार पार्दै पाँच रुपैयाँ फिर्ता दिए ।  उमामहेश्वर मार्ग, कुमारीगाल...

मुक्तकहरु १

Image
 #मुक्तक लज्जा बिहिनताले हद नाघ्दैछ, मानिसमा नाङ्गिने भाेक जाग्दैछ, गर्नु गर्‍यो हजुर याे फेसनले बिचराे शरीर कपडा माग्दैछ !                         ✍️ मुरामि मुक्तक: श्रीमान् श्रीमती सूचिमा परेछन्, छाेरा छाेरी चैं छुट्लान् नि ! दाजुभाइ लाई नबिर्सनु, नत्र बिराेधमा उठ्लान्  नि ! कार्यकर्ता त दासै हुन्, रिसाएर के फरक पर्छ र ! साला, ज्वाईं, सम्धी छुटायाै भने, आफ न्तले नै कुट्लान् नि !! मुक्तक: के स्वाभिमान भन्दा ठूलो पद हुन्छ ! के पद पाए मात्रै ठूलाे कद हुन्छ ! गिरेर तलुवै नचाटाैं न हजुर चाकडीकाे पनि त याैटा हद हुन्छ !             जिन्दगी जिउने क्रममा धेरै सम्झौता तिमीले गर्‍यौ,   समस्या आईपर्दा संधै गाँठो फुकाउन अघि सर्‍याै, किन मनपराएँ मैले भनि साेध्थ्याै नि तिमी मलाई ! हाे, तिम्रो यस्तै बानीले गर्दा तिमी मलाई मन पर्‍याै ।                                          ...

भजनहरु ९

Image
#प्रार्थना कृष्ण भगवान, प्रभु कृष्ण भगवान । अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।। उठ्यो खायो चुठ्याे दाैड्याे, संधै कामै काम । घर फर्क्याे फेरि खायो, सुत्याे लम्बेतान ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । फुर्सद छैन सासै फेर्ने, कैले गर्नु ध्यान !! धनसम्पत्ति नातागोता, सबै सान-मान । संगै लान्छु जस्ताे गर्छ, मनले अभिमान ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । मुर्ख मनलाई नाङ्गै जान्छस्, भन्ने देऊ ज्ञान ।। सधै झुठो बाेल्छ मुखले, लिन्न तिम्रो नाम । कमाउने रमाउने, मात्रै भयाे काम ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । कैले गर्नु प्रभु तिम्राे, नामामृतकाे पान !! कृष्ण भगवान, प्रभु कृष्ण भगवान । अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।। ~~~~~~~~~~~~~~ सेवा गराैं दुखीकाे, ठानेर नित्य कर्म । भन्छन् पुराण-शास्त्र, 'याे नै हाे खास धर्म' ।। भेटिन्न मुक्तिमार्ग, धाएर मात्र तीर्थ । आँसु पुछे दुखीकाे, सन्तुष्टि मिल्छ भित्र ।। धाउनु हुन्न मन्दिर, मनमा लिएर स्वार्थ । देखावटी गरेमा, हुनेछ धर्म व्यर्थ ।। गर्छाैं स्मरण प्रभुकाे, पर्दछ दु:ख जैले । भज्ने गराैं सुखैमा, पर्दैन दु:ख कैले ।।      ...

लघुकथा: निर्वाचन

✍️ मुरारीराज मिश्र याे यस्ताे छ । याे उस्तो छ । यसले समाजमा यस्ताे सकारात्मक सन्देश दिन्छ । यसपछि यस्तो हुन्छ । उस्तो हुन्छ, यस क्षेत्रले फड्को मार्छ । यस्तै-यस्तै खालका भड्किलो प्रचारप्रसार, आश्वासनका पुलिन्दा । कराेडाैं खर्च । अन्त्यमा, निरासाजनक परिणाम अर्थात् हातलाग्याे शून्य ! यस्तै, 'फ्लप' चलचित्रको स्वरुप हाे निर्वाचन ! ~~~~~ (उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल, काठमाडौं)