Posts

लघुकथा: प्रेसरकुकर

              ✍️ मुरारीराज मिश्र `आमा-आमा, ठूलाबा बित्नुभयाे रे !´ छाेरा सुनिलले आत्तिएकाे स्वरमा भान्छामा आएर खबर सुनायाे । `हैन के भन्छ याे ?´ प्रेसरकुकरमा चल्दै गरेका जमुनाका हात एक्कासी राेकिए ।`गाउँबाट भर्खरै सुनिता दिदीले फाेन गरेर भन्नुभएकाे क्या आमा !´ भन्दै छाेरा तल ओर्लियाे ।  आज बिदाको दिन, मज्जाले खाउँला भनेर खसीको दुई किलाे मासु ल्याई पकाउँदै थिईन् उनी । प्रेसर कुकरकाे बिर्काे लगाउनै लाग्दा आईपरेकाे अवस्थाले जमुना के गराैं कसाे गराैं काे स्थितिमा परिन् । जुठो परिसक्याे, अब पकाउनु पनि कसरी ? खान मिल्ने हाेईन् ! त्यत्रो पैसा परेकाे छ, फालाैं पनि कसरी ! कसैलाई दिउँ भने जुठो परेको घरकाे अरुले खाँदैनन्, त्यसमाथि मासु !! न गाईको थुनमा न बाच्छाकाे मुखमा भने झैं अब मासु खेरै जाने भाे ! उनी साेचमग्न बनिन् । केही पर माइती थियोे । उनले भाउजुलाई फाेन गरि समस्या सुनाईन् । `आफ्नाकाे जुठाे परेको छ, राम्रोसँग बार्नु पर्छ है ! नत्र पितृले पिर्छन् । अनि सुन्नुस् त नानी, त्यत्रो पैसा परेको कुराे किन फाल्नु र ! म छाेरालाई पठाउँछु, मासु सहित प्रेसरकुकर यत...

लघुकथा: "प्यास"

Image
        ✍️ मुरारीराज मिश्र, पूर्वनिर्धारित कार्यक्रम अनुसार केही दिनकाे तीर्थयात्राकाे हामी छब्बीस जनाकाे टाेली घरबाट निस्कियाैं । यात्रा ब्यवस्थापकले पानीको ब्यवस्था आ-आफैं गर्नुस् भनेकाे सम्झी मैले बाटोमा बस राेक्न लगाएर दस कार्टुन पानी किनें । `धर्म गर्न हिंडेकाे मान्छे, कहाँ तपाईंको मात्रै खानु बाबुु ? म पनि किन्छु ।´ भन्दै छिमेकी दिदीले अर्को दस कार्टुन पानी थप्नुभयाे । `लाै बधाई छ, पानी खुवाएर तपाईंहरुले सबै धर्म लुट्ने भईहाल्नु भाे ।´ एकजना सहयात्रीले हाँस्दै भने । `माैका आईहाल्छ, त्याे बेला तपाईं पनि लुट्नु हाेला नि त !´ म‌ैले जवाफ फर्काएँ । बातावरण हल्का गर्मी भएकाले पानीको ब्यवस्थाबाट सबैलाई राहत मिल्याे । यात्रा अघि बढ्दै गयाे । निश्चित ठाउँमा खानाको लागि राेकियाैं । बस चढ्न लाग्दा खाना खाएको ठाउँको वरिपरि आधा पानी भएका बाेतल यत्रतत्र देखिए । बसकाे भूइंमा पनि आधा पानी भएका बाेतल त्यसरी नै छरिएका थिए । मैले छरपस्ट बाेतल उठाएर जम्मा गरें । तर जुठाे हुन्छ भनेर त्याे कसैले खाएनन् । प्यास लाग्दा उनीहरू पुन: भरिएकै बाेतल झिक्थे र अलिकति खाई बाँकी त्यतिकै छाेड...

लघुकथा: जन्ती

Image
 ✍️ मुरारीराज मिश्र `छाेराकाे बिहे छ, तपाईं त जसरी पनि जन्ती जानैपर्छ है !´ छिमेकी सुन्दरले यसरी नै पटकपटक गरेको आग्रहलाई टार्न नसकेर जन्ती जान तयार भईयाे । पूर्वतर्फ निकै टाढाकाे यात्रा थियोे । त्यसैले दुईवटा बस र एउटा कारमा गरी दुलाहा सहित करिव पचपन्न जना जति हामी बिहान सबेरै निस्कियौं ।  जन्तीमा दुईचारजना छिमेकी बाहेक अधिकांश दुलाहाका आफन्त र नातेदार नै थिए । हामी अघि बढ्दै गयाैं । बिहान आठबजेतिर एउटा हाेटेलमा चियानास्ता गराउन बस राेकियाे । `नास्ता अर्डर गर्नुपर्‍यो, तपाईंहरु चियासंगै के-के खाने´ सुन्दरले जन्तीलाई साेधे । एक त जन्ती त्यसमा पनि आफन्त नातेदार के चाहियाे ! बसबाट ओर्लेर हाेटेलमा भएको सामानहरु माग्दै ईच्छा भाेजन गर्न थाले । कसैले त चिया लगत्तै काेकफेन्टा समेत पिउन भ्याए भने कतिले दिउसाेकाे लागि जाेगाड समेत गरे । म जिल्ल परेर लखनाैं लुट हेरिरहें । सुन्दरले असहज मान्दै रकम तिरे । `अब त खाना खाने बेला भयाे है, राम्रो हाेटेल हेरेर बस राेकाैं´ नास्ता गरेको दुईघण्टा नै नबित्दै दुलाहाकाे फुपाजु कराए । केही पर बस राेकियाे । यहाँ पनि जन्तीकाे चाला फेरिएन । माछामासु लगायत...

लघुकथा : मध्यरातमा बाघ

✍️ मुरारीराज मिश्र, `बहिनी आउने शुक्रबार सार्वजनिक बिदा परेको छ, यसाे एकरातकाे बसाइ गर्दै जाउँ न कतै घुम्न ! कति घरमै काेच्चिएर बस्ने, के छ बिचार ?´ रमाले छिमेकी उषासंग भनिन् । `हुन्छ नि दिदी, म प्रमिला र सुषमालाई पनि भनेर  हामी चारजनाकाे जाेडी कुनै रिसाेर्टतिर जाने कार्यक्रम मिलाउँछु ।´ उषाले उत्साहित हुँदै जवाफ फर्काइन् । तदनुरुप कार्यक्रम बन्याे । चारदम्पत्ती निर्धारित रिसोर्टमा पुगे । जङ्गल छेउ खाेलाकाे किनारमा रहेको रिसोर्ट रमणीय थियोे । खानपिन, नाचगान भयाे । गर्मिकाे समय भएकाले राति रिसोर्ट कम्पाउण्डमा रहेकाे सिङ्गल टेण्टमा एकएक जना सुत्ने ब्यवस्थापन भयाे । थाकेकाले सबै मस्त निदाए । मध्यरातमा आफ्नो टेण्टबाट केही परबाट आईरहेकाे आवाजले रमा ब्यूंझिईन् । जङ्गल नजिकै बसाइ, यदाकदा राति जनावर पनि आउने गर्छन् भन्ने सुनेकोले, उनकाे मनमा हल्का डर पस्याे । निन्द्राकाे लठ्याईले पुरै नछाेडेकाे र आवाज पनि लगातार सुनिन थालेपछि रमाले डराएर श्रीमान्‌लाई फाेन गर्दै भनिन् `नजिकै चितुवा हाे कि बाघकाे आवाज आएझैं छ । मलाई डर लाग्याे, सबै उठ्नु पर्‍यो हजुर !´  `कहाँको चितुवा र बाघ हुनु, त्याे ...

लघुकथा: तरकारीको स्वाद

Image
    लघुकथा:        तरकारीको स्वाद             ✍️ मुरारीराज मिश्र 'तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति मीठाे हुन्छ ? मैले पकाएको बेलामा यस्ताे स्वादिलो कहिल्यै हुँदैन त !' खाना खाँदै गर्दा रमेश आफ्नी श्रीमती सुशीलालाई प्रायः यही प्रश्न गर्ने गर्थ्यो । 'तपाईं संधै मीठो मानेर खाईदिनु हुन्छ त्यसैले हाेला नि !' सुशीला हाँसेर जवाफ दिन्थिन् । 'उही तरकारी, पकाउने तरिका पनि उस्तै, हाल्ने मसला पनि उही तर स्वादमा भने यस्तो अन्तर कसरी त !' रमेश छक्क पर्थ्याे । 'तरकारी पकाउँदा म अलिकति माया समेत मिसाउँछु क्या !' सुशीला पनि यसरी नै भन्थिन् । आज फेरि रमेशले उस्तै प्रश्न सहित तरकारीको स्वादकाे तारिफ गर्‍यो । बिहे गरेकाे छ महिना देखि यस्तै प्रश्न झेलिरहेकी सुशीलाले यसपटक भने रमेशलाई नढाँट्ने बिचारले भनिन् 'तपाईं साकाहारी, मलाई भने सानैदेखि माछामासु मनपर्ने । भान्सामा मासु पाकेको बेलामा, म मासुकाे अलिकति झाेल तपाईंको तरकारीमा पनि मिसाईदिन्थे त्यसैले फरक स्वाद लागेको हाे तपाईंलाई ।' भात खाँदै गरेको रमेशले एकछिन वाल्ल परेर श्रीमतीको मुखमा हेर्‍...

लघुकथा : ज्याेतिष

Image
  ✍️ मुरारीराज मिश्र, "यसाे छाेरा-छाेरीकाे चिना टिपन देखाउँ कि भनेर आएको, पसल सबै भद्रगोल छ त गुरु ! के भयाे ?" रमेशले माेटरसाईकल राेक्दै भन्यो । "के हुन्थ्यो हजुर, गरि खान नदिने भए ! नगरपालिकाबाट आएकाे डाेजरले टहराकाे सटर भत्काएर गयाे । सबै सामान हटाएर टहरा १ फिट पछाडि सार्नु भनेका छन् ।" पूजासामाग्रीकाे पसल चलाउँदै आएका ज्याेतिषकाे काम समेत गर्ने प्रकाशगुरुले भुत्भुताउँदै भने । "टहराले बाटो मिचेकाे जस्तो त देखिन्न ! किन भत्काएछन् त !" भन्ने रमेशकाे जिज्ञासामा गुरुकाे भनाइ आयाे "आफ्नै जग्गामा बनाएकाे हाे नि । बाटाेकाे मापदण्डअनुसार ३ फिट जग्गा छाेड्नुपर्नेमा २ फिटमात्र छाेडियाे रे ! सक्नेले खाेलाकाे बगर, बाटो र सार्वजनिक जग्गा मिचेर बिल्डिङ ठडाएका छन्, हामी निर्धाले भने आफ्नै जग्गा पनि भाेगचलन गर्ने नपाउने । याे कस्तो मत्स्य न्याय हाे खै, क्यै बुझिएन हजुर !"  प्रकाश गुरुकाे भनाइपछि, निजकी पत्नी निर्मला, जाे यतिबेलासम्म सामान मिलाउँदै चुपचाप दुबैकाे सम्वाद सुनिरहेकी थिइन्, उनले पतिको मुख हेर्दै भनिन् "सरकारले ठाउँ ठाउँमा घरटहरा भत्काउँदैछ । ...

मुक्तकहरु - ३

Image
#मुक्तक तिम्रा लागि नयाँ फेवा नयाँ रारा बनाई दिन्छु तिम्रा लागि बेग्लै आकाश जुन तारा बनाई दिन्छु एकपटक मात्रै भन, प्रेमले मलाई "मेराे राजा" ताजमहल, रानीमहल, सारा का सारा बनाई दिन्छु केही छिन फुर्सद निकालेर, सम्बन्धहरु गाेड्नु छ बगैंचाभरी उम्रेका, झारपातकाे वर्चस्व ताेड्नु छ जति ढिला गर्‍यो उति, नाश हुने देखियो मलजलकाे अबदेखि सुगन्धहीन, बिरुवा राेप्ने बानी छाेड्नु छ । आफ्नै मान्छे बेकारमा भड्किन सक्छ खाँदा खाँदै घाँटीमा हड्डी अड्किन सक्छ  दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै नभरेकाे बन्दुक पनि अचानक पड्किन सक्छ।  (वैजयन्तीमा प्रकाशित झर्काेफर्काे गरेपनि कर्के आँखा तरेपनि झन्‌झन् राम्रो लाग्दाे रैछ रिसाउँदै पर सरेपनि । पीरै पीरकाे रापले सुक्नु नपराेस् देख्छन् कि कसैले भनी लुक्नु नपराेस् खुशी खुशी बाँच्न पाईयाेस् स्वाभिमानी भै जिन्दगीमा कसै सामु झुक्नु नपराेस् ।  (वैजयन्तीमा प्रकाशित) सहन्छिन् जे परे पनि, धर्ती स्वरुप हुन् आमा माग्दिनन् कहिल्यै दिन्छिन् संधै वृक्ष स्वरुप हुन् आमा  शब्द नै पुग्दैन खै के उपमा दिउँ म आमालाई  चाहे मानिस हाेस् या पशु, देवी स्वरुप...