Posts

गीत

गीत आँखाभरी मुटुभरी रंग छायो कस्तो ? लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। भोक छैन प्यास छैन लोलाउंछ आंखा । ओठ केवल थर्थराउंछ फूट्ने हैन भाखा ।। परेलीमै कोहि आई बसिदिए जस्तो, लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। कैले उडुं उडुं जस्तो कैले नाचुं जस्तो। कैले रोउं रोउं जस्तो कैले हासुं जस्तो।। बताउनै नसकिने हुन्छ कस्तो कस्तो, लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।। - मुरारीराज मिश्र, उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा -७

हाइकू

रंग फेेर्नमा माहिर भयाे मान्छे हार्‍याे छेपाराे बुझ्दैन पीडा अचानाेकाे खुकुरी अाफन्त जस्तै व्याकुल मन नदी तट नियाल्दै प्रेम प्रतिक्षा जति नुहाअाेस् गधा हुन्छ र गाई बुझ न भाई माने ईश्वर नमाने मात्र ढुङ्गा अाफ्नाे बिश्वास सर्प झैँ भए हिजोआज मानिस दुईटा जिब्रो काेपिला झर्‍यो फक्रन नपाउँदै पापी भँवरा दाेषी रे फूल सम्मानित भँवरा हाम्रो समाज भुत्ते खुकुरी काट्न सक्दैन केहि तैपनि फूर्ति अा-अाफ्नाे काम काेहि पनि नजान्ने अरूकै जान्ने !! मुठी राेपेर फलाउनु छ मानाे असारे पर्व लौ लुट्नु लुट बिर्ता भो देश तिम्रै निरिह हामी कुकुर दाेश्राे कार्यकर्ता प्रथम 'बफादारी' मा !!! निन्द्रा नलागे प्यूरीकाे डस्ना पनि के काम लाग्छ ? रस सम्भाल भंवराकाे के भर चुस्छ हिंडछ बाेलीकाे राप मन-मुटु खरानी चिसाे सम्बन्ध नाम त्रिनेत्र जन्मै दृष्टिविहीन के छ नाममा ? मीठो बाेल्दैमा के जान्छ र हजुर तुच्छता किन ! निश्चल देह चितारुपी बिछ्याैना धुवाँकाे मुस्लो सह-अस्थित्व समर्पण र प्यार जीवनाधार घडीको सूई जति घुमेनी उही तेह्र बज्दैन नशालु...

प्रेरक भनाई

"काम गर या नगर, कुरा काट्न - ढाँट्न र आत्मप्रशंशा गर्न जान, त्यो नै तिम्रो सबैभन्दा ठूलो "योग्यता" हो अहिलेको समयमा ! तिमीले कति काम गरेका छौ र गर्दैछौ त्यो कसैले पनि हेर्दैन वा नदेखेझैं गर्छन् । त्यसैले मेहेनती र ईमान्दार हुनु ब्यर्थ छ ।" - श्रमिक रामु ।

गौरीघाट क्षेत्र मा मिसिएको ढल : २४ बर्ष देखि समाधान नभएको समस्या ।

Image
तस्वीर आफैं बोल्छ ।

हाईकु:

अाएरै छाड्ने  अाएपछि नजाने बुढ्याैलीपन ! ताेड्ने रहेछाै बचन दियाै किन बिश्वासघाती !  सिन्की खाँदेझैं सार्वजनिक सवारी  मर्कामा यात्रु  कठिन यात्रा  उठ्नै पनि सकस बस रे नाम  बर्षात हुन चाहिँदैन माैसम यी अाँखालाई पीडाका राप पग्लिए मन-मुटु रसायाे अाँखा  मनका बह परेली बाँध खाेल्दै तप्प चुहिए किन याे मन त्रसित अाफैंसंग हरेक क्षण भयाे भन्दैमा धाेवीलाई हतारो  लाग्छ र घाम ! बृद्द शरीर  ईच्छा नवया‌ैवना याे कस्तो मन 😂 सार्थक बनाेस् प्रत्येक पलहरु शुभ प्रभात ! बिदेशी बुट राष्ट्रवादको नारा 🇳🇵  हावामा फुस्स  जति सुनाऊ भालुलाई पुराण के काम लाग्छ ? चिउरा भिज्न झाेल कुरा चाहिन्छ 'गफ' हाेईन आपसी प्रेम  प्रेममा समर्पण यै हो जीवन कृतध्न मान्छे  अाैंलाे दिंदा मान्दैन  डुंडुल्लै खाेज्छ ! हरेक चाेट निकाे पार्छ समय अाैषधी जस्तै सन्त्रास अाँखा दानवरुपी मान्छे खै मानवता ? सर्वत्र कर  जनताको धनमा स्याल रजाइँ  सर्प झैँ भए हिजोआज मानिस दुईटा जिब्रो ठग्न ...

कटु यथार्थ

पराई भो बरु आफ्नो, आफन्त शत्रु तुल्य भो ।' यस्तो भयो भने सम्झ - आफ्नाको शून्य मूल्य भो ।। कुटोस् नै बरु शत्रुले, दुःख लाग्दैन क्यै रती । आफ्नाका शब्दले घाउ पार्दछ पोल्छ भत्भती ।। मायाँ र ममता पाए, बरु ढुंगा टुसाउँछ । आफन्त बनि मान्छेले - पछाडि शूल् घुसाउँछ ।। – मुरारीराज मिश्र, कुमारीगाल

राजधानी : एक शव्दचित्र

कविता राजधानी : एक शव्दचित्र - मुरारीराज मिश्र पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई  यहाँ  पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ, चारैतिर – जता हे-यो ब्रम्हलुट छ, व्यापारीहरुलाई भाउ बढाउने र  कर्मचारीहरुलाई घुस खाने छुट छ, शत्रुहरुको त कुरै छोडौं शक्ति हत्याउने दाउमा,  यहाँ – बाबु र छोराकै पनि कुटाकुट छ । यहाँका चोक/गल्लीहरुमा – हल्ला र गफका बिउ छरिन्छ, अरुको बेइज्जत र चरित्र हत्या भने – यहाँ फोकटमा नै गरिन्छ, चाकडी, चुक्ली र चाप्लुसी  यहाँ  उन्नति गर्ने मूल मन्त्र हो, सोझा र खुशामद गर्न नजान्नेहरुलाई भने  यहाँ – प्रत्येक दिन विभागीय कारवाही गरिन्छ । यहाँ – भोको पेट र गरीबीसँग जिस्किइन्छ राहतको नाममा – भाषण, नारा र आश्वासन पस्किइन्छ, शायद बानी परेकोले नै हो कि क्या हो ? धूवाँ, धूलो र दुर्गन्धको मात्रा – अलि कम महसूस गर्दा पनि – यहाँका बासिन्दाहरुलाई पिनास हुन्छ । यहाँका मान्छेहरुको चाहना असीमित छ, त्यसैले...