गीत

गीत
आँखाभरी मुटुभरी रंग छायो कस्तो ?
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


भोक छैन प्यास छैन लोलाउंछ आंखा ।
ओठ केवल थर्थराउंछ फूट्ने हैन भाखा ।।
परेलीमै कोहि आई बसिदिए जस्तो,
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


कैले उडुं उडुं जस्तो कैले नाचुं जस्तो।
कैले रोउं रोउं जस्तो कैले हासुं जस्तो।।
बताउनै नसकिने हुन्छ कस्तो कस्तो,
लौन कोहि बताईदेऊन के'भो मलाई यस्तो।।


- मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा -७

Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश