Posts

भजन/श्लोक (भावानुवाद)

Image
१. #मूल_श्लाेक ''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे, तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।'' #नेपाली_भावानुवाद रुप छ सत्य-अानन्द, पालनहार हाै विश्वका । उत्पत्ति, स्थिति र संहार, गर्दछाै तिमी सृष्टिका ।। भक्तका तिनवटै ताप, हर्ने, तिम्रै पर्‍याैं भर। सच्चिदानन्द श्रीकृष्ण नमन् हाम्रो ग्रहण गर ।। (भावानुवाद: मुरारीराज मिश्र) २. #मूल_श्लोक करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तम्। वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि।। #नेपाली_भावानुवाद समाई गाेडा, मुखमा पुर्‍याई । चुसिरहेछन् , बहुतै रमाई ।। वट्-पत्रकाे बिच, शयन छ जस्काे । गर्छु स्मरण, बालमुकुन्दजीकाे ।। (भावानुवाद: मुरारीराज मिश्र) ३. #मूल_संस्कृत_श्लोक कर्पूर गौरम करुणावतारं, संसारसारं भुजगेन्द्र  हारम । सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।। #नेपाली_भावानुवाद कपूरजस्तै, छ स्वरुप सेताे । दयावतार् हुन् , यी समस्त भक्तको ।। संसारको सार, अाधार नै उनी । भिर्छन् गलामा, उनी नागहार् पनि ।। चिता-खरानी घसी, शाेभित अङ्ग अङ्ग । हुन्छन् यी भक्तहरुमा हर-क्ष...

ग्रहणका बेला शास्त्रले निषेध गरेका कुराहरु:

"निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमान्नुयात् । पुरिषे कृमियोनिश्ची मैथुने ग्रामसुकर:।। अभ्यज्जने भवेत्कुष्ठी भोजने स्यादधोगती। बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत् ।।" (भावार्थ: ग्रहणकाे बेलामा सुतेमा रोग लाग्दछ, मूत्रत्याग गरेमा दरिद्र हुन्छ, मलत्याग गरेमा जुका जस्ता किराको योनीमा जन्म हुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ, शरीरमा कुनैपनि प्रकारकाे शृङ्गार गरेमा कुष्टराेग हुन्छ, भोजन गरेमा अधोगती (पतन) हुन्छ, कुनै जीवलाई बन्धनमा राखेमा सर्पको योनि हुन्छ र जीवहत्या गरेमा नरकमा जानेछ ।) (#तर बाल, बृद्ध, अशक्त र अातुरहरुलाई भने उपराेक्त कुराहरुमा छुट दिएकाे छ)

#त्रिगजुर_शिवालय, शिव मन्दिर, कुमारीगाल

Image
पशुपतिक्षेत्रकाे उत्तरतर्फ, बिशाल आकृति गाै-माता ।   गाै-माताक‌ै उदर भित्र छन्, पञ्चमुखी श्री शिवबाबा ।।     त्रि-गजुर याे शिवालय रक्षक, नागराज छन् त्यहाँ स्वयं ।    ब्रह्मा-बिष्णु सहित बसेका, त्रि-गजुरेश्वर नमामि त्वं ।।

महिला शिक्षा

Image
मुरारीराज मिश्र विद्या ददाति विनयम् विनयाद्याति पात्रताम् । पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम् । । माथिको श्लोकको आशय छ कि– विद्याले नम्र बनाउँछ, नम्रभावले योग्य बनिन्छ, योग्य भएपछि धनसम्पत्ति कमाइन्छ, त्यसबाट धर्मकर्म गर्न पाइन्छ र यी सबैबाट सुखप्राप्ति हुन्छ ।  शिक्षा उज्यालोको त्यो स्रोत हो, जसले हामी मानवलाई जीवनको विभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउंंछ । शिक्षाले नै मानिसभित्र आत्मविश्वास र सकारात्मक विचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सबैका लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नुसरह हो । शायद यही तथ्यलाई बुझेर होला सभ्यताको विकासक्रमसँगै मानिसले परापूर्वकालदेखि नै विभिन्न तरिकाबाट सिक्ने र सिकाउने कार्य गर्दै आएको छ । प्राचीनकालमा गुरुकूल, गुम्बा, मदरसा आदिबाट परम्परागतरूपमा दिइने शिक्षा प्रणाली आधुनिक प्रविधिको बिस्तारसँगै हाल कम्प्युटर युगमा पुगिसकेको छ ।  शैक्षिक विकासक्रमको दृष्टिकोणले नेपालमा औपचारिक आधुनिक शि...

शरीरमाद्यं खलु धर्मसाधनम्

Image
- मुरारीराज मिश्र हाम्रा शास्त्रहरु भन्छन् : "शरीरमाद्यं खलु धर्मसाधनम् ।" अर्थात् धर्म साधना गर्ने पहिलाे माध्यम नै शरीर हाे । कुनै पनि कर्म-धर्म-जप-तप र व्रत गर्दा शरीर स्वस्थ्य तथा तन्दुरुस्त हुन जरुरी छ । अस्वस्थ शरीरले केही कार्य गर्न सकिन्न । तसर्थ शरीरलाई कष्ट नपुर्‍याई व्रत बसाैं । शरीर स्वस्थ्य भए मात्र यसलाेक र परलाेक दुबै सुधार्न सकिन्छ । इक्षुराप: पयो मूलं ताम्बूलं फलमौषधम्। भक्षयित्वाऽपि कर्तव्या: स्नान-दानादिका: क्रिया:।।                                           - अाचार्य चाणक्य (भावार्थ: स्नान, दान ब्रत इत्यादि कर्महरु; ऊखु, जल, दूध, कन्दमूल, फलफूल र औषधि खाएर पनि गर्न सकिन्छ)

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

Image
पिता धर्मः पिता स्वर्गः  पिता हि परमं तपः ।  पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।। पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च । तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।। अर्थात् ; “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।” माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  त्यसैले हामी  आमालाई पृथ्वीसंग तुलना गर्छौं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने अर्थ नलगाईयोस कि, छोराले रुन हुंदैन भन्ने सामाजिक मान्यता रहेको हाम्रो समाजमा दिनरात सन्तान खुशी र सुखका लागि आफ्ना दुःख भुलेर मेहेनत गर्...

मिनी हाइकू

Image
अाफन्त नून-चूक झैं  घाउमा ! बिश्वास  काँचकाे टुक्रा  चर्कियाे खुशीमा रुन्छन् यी अाँखा खै किन ? जीवन पानीको फाेका के भर ! ईश्वर  कणकणमा बिश्वास  🙏  ममता नशानशामा अाभाष याे मन कति काँतर  अात्तिने मलामी मसानघाट  खरानी