Posts

भजन

Image
मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !! लाग्छन् अनेक राेग, सिथिल हुन्छ तन याे । ईर्ष्या र लाेभ-माेह, मान्दैन छाेड्न मन याे ।। आराम खाेज्छ देह, दिंदैन मुर्ख मनले ! मृत्यु समीप पुग्दा, गर्दैन केही धनले !! धन् सम्पत्ति र बस्तु, जे छन् सबै घरैमा । छाेडि छ जानु एक्लै, कात्राे भिरी शरीरमा ।। चाेला छ याे अनित्य, बुझ्दैन स्वार्थी मनले ! आगाेमै बल्छ देह, गर्दैन केही धनले !! मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !!                                     ✍ मुरामि

लुछियाे लिम्पियाधुरा

शुभचिन्तक हुँ भन्थ्याे, गर्थ्याे ठूला कुरा पनि । कहिले साँच्चिकै लाग्थ्यो, दु:खकाे साथी हाे भनि ।। एकाएक उसैले नै, धस्दियाे छातीमा छुरा । कालापानी दुख्यो पैले, दुख्दैछ लिम्पियाधुरा ।। सहयोग पनि दिन्थ्याे, कैले काँही अलिअलि । त्यसकै बदला गर्थ्याे, देशभित्र ढलिमलि ।। दाउ हेरि बस्या रैछ, खान याे देश नै पुरा । पैले सुस्ता निल्याे क्वाप्पै, अहिले लिम्पियाधुरा ।। के गर्नु, दाेष छ हाम्रै, देश काट्याैं कुटुकुटु । उसैका पाउमा चाट्याैं, श्वान झैँ भै लुटुपुटु ।। आफैं छाड्याैं सिमा हाम्ले, उस्काे के गर्नु खै कुरा !  काेशी-काली लुछ्याे पैले, लुछियाे लिम्पियाधुरा ।। पहिले जे जति घात, राष्ट्रकाे हामीले गर्‍याैं । स्वीकारी देशका सामु, सच्याउन अघि सराैं ।। सकेनौं यदि याे गर्न, एकताबद्ध भै पुरा । बाँकी हुन्न पुरै देश, के खाेज्नु लिम्पियाधुरा ।।                  *समाप्त* तलको लिंकमा पनि याे कविता पढ्न सकिनेछ । https://sahityapost.com/2020/05/5440/

भजन

कहिले भाेककाे पिर, कहिले राेगकाे पिर । पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर                          मेराे, जीर्ण भयाे याे शरीर ।। गर्भ समयमा, कसरी जन्मुं, मनमा यै थियो पिर । जन्म भयाे जब, बढुँला कसरी, लागिरहन्थ्याे पिर                        याे मनमा, लागिरहन्थ्याे पिर ।। पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर                          मेराे, जीर्ण भयाे याे शरीर ।। बाल्य अबस्था, बित्दै गर्दा, याैवनकाे भयाे पिर । याैवन बित्याे, आयाे बुढ्याैली, अब भाे मर्नकाे पिर                      हे ईश्वर, अब भाे मर्नकाे पिर ।। पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर                          मेराे, जीर्ण भयाे याे शरीर ।। हाम्रो जीवन, पि...

भजन

भक्तिरुपी दीयाेले, गर्दैछु आरती म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? लाखौं स्वरुप तिम्रो, गर्छाै अनेक लीला काे देव, काे मनुवा, चिन्ने कसाेरी हाेला ! श्रद्धाकाे पुष्पगुच्छा, अर्पन्छु प्रेमले म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? स्वप्ना संधै प्रभुकै, देख्छु हरेक रात निन्द्रा खुलेर हेर्दा, हुन्छु यहाँ म मात्र सप्रेम याे जीवन् नै, सुम्पन्छु हे प्रभाे म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? भक्तिरुपी दीयाेले, गर्दैछु आरती  म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?                                  ✍ मुरामि

चिन्तन/ देखिन्छ सब अचम्मै

देखिन्छ सब् अचम्मै, रत्तिभरै बुझिन्न ! म काे हुँ, के हुँ भन्ने, केही पनि चिनिन्न !! घुम्छिन् कसरी पृथ्वी, बाँच्छन् कसरी जीव ! बन्छ कसरी वृक्ष, त्याे सुक्ष्म एक बिज !! बग्छिन् नदी कसरी, बन्छ कहाँ त्यो पानी ! हेर्दा मनुष्य उस्तै, किन फरक् छ बानी !! बिचार छन् अनेकौं, शिर् छ उही सबैको ! हात्-पाउ मात्र उस्तै, मिल्दैन मुख् कसैको !! देखिन्छ बाेट याैटै, फूल्छन् अनेक रङ्ग ! चल्छन् कसरी हाम्रा, प्रत्येक अङ्ग अङ्ग !! कान्‌ले कसरी सुन्छ, देख्छन् कसरी आँखा ! ओठले कसरी बाेल्छ, प्रीय अप्रीय भाखा !! धड्किन्छ मुटु के ले, कस्ले चलाउँछ याे ! कसरी भन्छ जिब्रो, मीठो छ वा नमिठाे !! हावा कसरी चल्छ, हुन्छ कसरी बर्षा ! याे मन कसरी बुझ्छ, सन्ताप हाे या हर्ष !! दिन्-रात हुन्छ के ले, बन्छ कसरी मेघ ! मृत्यु पछि कसरी, माटोमै मिल्छ देह !! आगाे कसरी बल्छ, ऋतु बदल्छ कस्ले ! भाेक्-प्यास लाग्छ किन, याे स्वास भर्छ कस्ले !! ती चन्द्र सू्र्य तारा, आफैं कसरी अड्छन् ! उड्दैन किन मान्छे, पंक्षी कसरी उड्छन् !!                        ...

मिश्रहरूकाे कुलदेवता पूजा बिधि

Image
बैशाख शुक्लपक्ष अक्षयतृतीयाका दिन  हुँदै आएकाे  मिश्रबन्धुहरुकाे कुलदेवताकाे पूजा विधि ; ( नाेट : पूजा गर्ने शैली, संस्कार, चलन र विधि आआफ्नै हुन्छ । तापनि, आफ्नाे सहजताकाे लागि मैले याे तैयार गरेकाे हुं । याे अकाट्य हैन । ईच्छुकले अपनाउन सक्नुहुन्छ । देवताकाे पूजा भनेकाे प्रेम हाे, प्रेममा समर्पण हुन्छ । मन्त्र याैटा माध्यम हाेला, तर भाव र भक्ति सबैभन्दा ठूलाे कुरा हाे । यस्मा थपघटकाे लागि सबैकाे सुझाव अपेक्षित छ । -  मुरारीराज मिश्र ) पूजाको दिन सर्वप्रथम कर्ताले स्नान गरि शुद्ध बस्त्र लगाउने। पञ्चगव्य सेेेेवन गर्नेे र पञ्चगव्य नपाएमा तामाको भाँडामा कुश, जल, सुन राखी तयार गरिएको शुद्ध जल सेचनप्राशन गर्ने। पूजाका लागि आबश्यक सबै प्रकारका पूजा सामाग्रीहरु, भाँडाकुँडाहरु विभिन्न फलफूल लगायत पाक्य नैवैद्यहरु (बिशेष गरि बाबरी, जाै काे सातु र सर्वत), वस्त्र, भेटी र आफ्नाे चलन अनुसारका अन्य सामाग्रीहरु तैयार गर्ने । पूजास्थल धाेईपखाली, पुछी चाेख्याउने ।  हाम्रो परम्परा अनुसार हाम्रो कूलदेवता (वायुदेवता) लाई महिलालेे हेर्न नहुने भएकाले पूजाकाे सुरुवात देखि पूजा ...

भजन

शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला ! पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। आयाैं रुँदै र नाङ्गै, जानु छ खाली हात । पाप्-पुण्य मात्र जान्छन्, अदृश्य आत्म साथ ।। मिल्दैन लान केही, के गर्नु झैँ-झमेला ! पाएर देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। आशक्ति क्यै नराखी, गर्नु छ सत्य कर्म । आँसु पुछाैं दुखीकाे, मिल्नेछ लाख धर्म ।। पाप् कर्मले नभर्नु, याे देहरुपी झाेला । पाईन्न देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। संसार रङ्गमञ्च, हामी सबै नटुवा । याे जिन्दगी हाे यात्रा, मान्छेहरु वटुवा ।। गन्तव्य हाे चिता त्याे, आत्मा र देह छुट्ला । जल्नेछ देव दुर्लभ, उत्तम मनुष्य चाेला ।। शायद कुनै जुनीकाे, सत्कर्मले त हाेला ! पायाैं याे देव दुर्लभ, उत्तम मनुष्य चाेला ।।                                          ✍ मुरामि