भजन

कहिले भाेककाे पिर, कहिले राेगकाे पिर ।
पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर
                         मेराे, जीर्ण भयाे याे शरीर ।।

गर्भ समयमा, कसरी जन्मुं, मनमा यै थियो पिर ।
जन्म भयाे जब, बढुँला कसरी, लागिरहन्थ्याे पिर
                       याे मनमा, लागिरहन्थ्याे पिर ।।
पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर
                         मेराे, जीर्ण भयाे याे शरीर ।।

बाल्य अबस्था, बित्दै गर्दा, याैवनकाे भयाे पिर ।
याैवन बित्याे, आयाे बुढ्याैली, अब भाे मर्नकाे पिर
                     हे ईश्वर, अब भाे मर्नकाे पिर ।।
पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर
                         मेराे, जीर्ण भयाे याे शरीर ।।

हाम्रो जीवन, पिरकाे पाेकाे, मनमा संधै नै पिर ।
चित्त लगाऊँ, प्रभु चरणमा, उनमै बिसाऊँ पिर
                       लाै अब, उनमै बिसाऊँ पिर ।।
पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर
                         मेराे, जीर्ण भयाे याे शरीर ।।

कहिले भाेककाे पिर, कहिले राेगकाे पिर ।
पिरै पिरहरु, भाेग्दा भाेग्दै, जीर्ण भयाे याे शरीर
                       मेराे, जीर्ण भयाे याे शरीर ।।
                                          ✍ मुरामि

Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: